१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भूकम्पपीडितलाई सुबिसुले दियो सोलार बत्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले जाजरकोटका भूकम्पपीडितलाई सोलार बत्ती सहयोग गरेको छ । कम्पनीले स्थापनाको २३औँ वार्षिकोत्सव मनाउँदै भूकम्पबाट प्रभावित विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने गरी दुई सय परिवारलाई ब्याकअपसहितका सोलार बत्ती वितरण गरेको हो । 

भूकम्पपश्चात् पीडितले भोग्नुपरेको विशेष समस्यालाई सम्बोधन गर्ने गरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ । वितरण गरिएका सोलार बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरणसमेत चार्ज गर्न सकिने उल्लेख छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदसहित सुबिसुको आठ सदस्यीय टोली राहत सामग्री वितरण गर्न जाजरकोट पुगेको जनाइएको छ । उक्त सहयोग नलगाडमा रहेको इन्द्रधनुष प्राथमिक विद्यालयमा वितरण गरिएको कम्पनीले जनाएको छ ।

 ‘जाजरकोट पुग्ने कुरा केवल भौगोलिक यात्राको विषय मात्र थिएन, प्रतिकूल परिस्थितिको सामना गरिरहेका भूकम्पपीडितको जीवनमा अर्थपूर्ण प्रभाव पार्ने एउटा प्रतिबद्धतासमेत थियो,’ कम्पनीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हामीले विद्यार्थीलाई आइपरेको चुनौती सामना गरी आफ्नो उज्यालो भविष्य निर्माण गर्ने कार्यमा सशक्तीकरण गर्ने उद्देश्यका साथ रातको समयमा पढ्न आवश्यक माध्यम (सोलार बत्ती) उपलब्ध गराएका हौँ ।’