१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आयरल्यान्डको माथिल्लो सदनका अध्यक्ष सोमबार नेपाल भ्रमणमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o४:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा आयरल्यान्डको माथिल्लो सदन साअनड एरेनका जेरी बट्टिमर पाँचदिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन्।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ बजे नेपाल आउने कार्यक्रम रहेको छ। उनी सन् २०२२  डिसेम्बर १६ मा आयरल्यान्डको २६औँ माथिल्लो सदनको अध्यक्षको रूपमा नियुक्त भएका हुन्।

अध्यक्ष बट्टिमरले सोमबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित कार्यकक्षमा  भेट गर्नेछन्। मंगलबार बिहान सभामुख देवराज घिमिरेसँग भेट्ने कार्यक्रम रहेको छ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। अध्यक्ष बट्टिमरले नारायणहिटी दरबार संग्रहालय, वसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भूलगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ।

ad
ad