१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साढे चार वर्षीया छोरीलाई यातना दिने बाबु प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:o१:oo

मकवानपुरको हेटौँडामा साढे चार वर्षीया छोरीलाई शारीरिक यातना दिने बाबुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौँडा उपमहानगरपालिका– ५ सिँचाइटोलमा डेरा गरी बस्ने महोत्तरी एकडाँडा– ३ का २७ वर्षीय रामजी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

मण्डलले आफ्नी छोरीलाई कुटपिट गर्ने, हात, गाला र कानमा टोकेर घाउ बनाउने तथा आँखामा खुर्सानीको धुलो हाल्नेजस्ता गतिविधि गरेको छिमेकीले जानकारी दिएपछि सिविन बाल हेल्पलाइन, स्थानीय जनप्रतिनिधि र जिल्ला प्रहरीको रोहवरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मण्डलले छोरीसहित श्रीमतीलाई पनि यातना दिने गरेको थाहा पाएपछि बालिकालाई उद्धार गरी सिविन बाल हेल्पलाइन मकवानपुरमा राखिएको सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए।

उनले मण्डललाई प्रहरीको जिम्मा लगाइएको र बालिकाको हेटौँडा अस्पतालमा उपचारपछि सेफहाउसमा राखिएको बताए।

ad
ad