१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:३७:oo

सन् २०२४ मा दर्जन पाँचतारे होटेल थपिँदै छन् । यसलाई कसरी हेर्नुभएको छ ?
अन्तर्राष्ट्रिय स्तरका नयाँ पाँचतारे होटल थपिनु एकदमै सकारात्मक हो । नेपालका सन्दर्भमा, विश्व पर्यटन संगठन युएनडब्लुटिओले हालै जारी गरेको प्रतिवेदनमा पनि सन् २०२३ को अन्त्यसम्ममा एसिया प्यासिफिकका गन्तव्यमा पर्यटन क्षेत्र ६० प्रतिशतले रिकभर हुने प्रक्षेपण गरेको छ । उसले नेपालको पर्यटन क्षेत्र ८५ प्रतिशतले रिकभर भएको उल्लेख गरेकाले पनि यो उत्साहजनक देखिन्छ । 

यति धेरै पाँचतारे होटेल थपिँदा नेपाली पर्यटन विकासमा कस्तो प्रभाव पर्ला ?
दर्जनभन्दा बढी पाँचतारे होटेलसँगै पूर्वको मेचीदेखि काठमाडौं, बन्दीपुर, चितवन, भैरहवा, नेपालगन्ज, धनगढीजस्ता सहरमा १५ सय कोठा थपिनु एकदमै सकारात्मक एवं सुखद पक्ष हो । ‘होमग्रोम’ होटलहरूको लगानीमा अन्तर्राष्ट्रिय ब्रान्डसहित चेन होटलहरूको लगानीले गन्तव्यको मार्केटिङ ‘भ्यालु’ बढाउनुका साथै ‘अपमार्केट’का पर्यटकलाई  गन्तव्यहरूमा तान्न सहज हुनेछ । 

कोभिडपछि बिस्तारै तंग्रिँदै गरेको पर्यटन क्षेत्रमा एकैपटक यति धेरै होटेल थपिँदा यिनको बजार कस्तो होला ?
अबका दिनमा अझ बढी अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ र ‘प्रमोसनल’ गतिविधि गरी पर्यटन बजारको विस्तार गर्नुपर्ने हुन्छ । हिमाल र पहाडका ट्रेकिङमा मात्र सीमित नरही ‘नेपाल फर अल सिजन’को अवधारणमा वर्षैभरि कार्यक्रम हुने ‘माइस’ र ‘डेस्टिनेसन म्यारिज’ आदि इभेन्टका प्याकेज देशका विभिन्न गन्तव्यमा आयोजना गर्नुपर्ने देखिन्छ । साथै, होटलहरूले पनि दिगो विकासका लागि प्रतिस्पर्धा उच्चस्तरको सेवा र सुविधामा गर्नुपर्छ । सस्तो रेटमा प्याकेज बेची, आफ्नो बजार आफैँ अवमूल्यन गर्नु हुँदैन । यो नेपालको ‘इमेज’ अझ राम्रो बनाउने अवसर पनि हो ।

ad
ad