१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पोखरा रंगशालाको पूर्वाधार र मैदान प्रयोग गरे शुल्क उठाउन सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:o६:oo

प्रतिदिन ५५ हजारदेखि तीन हजारसम्म शुल्क लिन कार्यदलको प्रस्ताव

पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि गठन गरिएको कार्यदलले कसैले पूर्वाधार प्रयोग गरे शुल्क उठाउने सुझावसहित प्रतिवेदन बुझाएको छ । खेलकुदमा नाममा अवैध गतिविधि बढेपछि पोखरा रंगशाला खेल पूर्वाधार र मैदान प्रयोग गरेबापत लिने शुल्क प्रस्ताव गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीलाई प्रतिवेदन पेस गरेको हो । यसअघि खेलकुदमा नाममा रंगशालामा भइरहेका अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यसहित मंसिरमा प्रदेश खेलकुद परिषद् गण्डकीको अगुवाइमा बसेको जिल्ला खेलकुद विकास समिति र सरोकारवालाको संयुक्त बैठकले कार्यदल गठन गरेको थियो । 

बैठकले जिल्ला खेलकुद विकास समिति कास्कीलाई रंगशाला सञ्चालन र व्यवस्थापनको जिम्मा दिने निर्णय गर्दै परिषद्का सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा सात सदस्य कार्यदल र पाँच सदस्य सल्लाहकार समिति गठन गरेको थियो । कार्यदलले रंगशालापरिसरमा रहेका विभिन्न १६ खेल पूर्वाधार र मैदानको प्रयोग गर्दा खेललाई चार तहमा वर्गीकरण गर्दै प्रतिदिनको शुल्क तय गर्दै परिषद्मा सिफारिस गरेको छ । 

पोखरा रंगशालापरिसर भौतिक पूर्वाधार व्यवस्थापन तथा संरक्षणसम्बन्धी कार्यविधि २०७८ अनुसार कार्यदलले शुल्क प्रस्ताव गरेको संयोजक गुरुङले जानकारी दिए । प्रस्ताव गरेको शुल्क परिषद्को बोर्ड बैठकले पारित गरेपछि लागू हुनेछ । यसअघि खेल प्रशिक्षणको नाममा रंगशाला परिसरमा अवैध असुली र ठगीधन्दा हुँदै आएको भेटिएपछि नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । पछि यो विषय अख्तियारसम्म पुगेको थियो । अख्तियारले समेत पत्रमार्फत खेलकुद कार्यालयलाई पटक–पटक आवश्यक जानकारी मागेको थियो । 

खेलकुद विकास समितिलाई जानकारी नदिई प्रशिक्षणको नाममा रंगशालाभित्र विभिन्न खेल संघ र प्रशिक्षकहरूले रकम असुली गरिरहेका थिए । केही संघ आफैँ प्रत्यक्ष संलग्न भएका थिए । केही प्रशिक्षकले संघको नाममा आफ्नै ढंगले र केहीले स्वयंसेवक प्रशिक्षकको नाममा खेलाडीहरूबाट अवैध रूपमा चर्को शुल्क असुल गरेका थिए । रंगशालामा रहेका केही खेल संघका भवनमा खेलका नाममा खेलमार्फत जुवासमेत खेलाइने गरेको आरोप लागेको थियो । प्रशिक्षणको नाममा योग्यता नपुगेकाले प्रशिक्षण गराएको, रंगशालाको विभिन्न भौतिक संरचना र जग्गा समितिका प्रदाधिकारीहरूले आफ्नै ढंगले भाडामा लगाउने कामसमेत भएको भेटिएको थियो । 

ad
ad