१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २२ शनिबार १३:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टिपरमा लोड गरिएको बालुवाभित्र लुकाएर गाँजा तस्करी

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५६:oo

सप्तरीमा टिपरमा लोड गरिएको बालुवाभित्र लुकाएर अवैध गाँजा तस्करी हुने गरेको फेला परेको छ। जिल्लाको खडक नगरपालिका– ७ कल्याणपुर चोक क्षेत्रबाट गए राति बालुवाभित्र लुकाएको गाँजा बरामद भएको हो।

सप्तरी प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्यका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले को १ ख ५८३१ नम्वरको टिपरलाई चेकजाँच गर्दा १० क्विन्टलभन्दा बढी गाँजा बरामद भएको जानकारी दिए।

प्रहरी उपरीक्षक बज्राचार्यका अनुसार उक्त गाँजा बलान नदी हुँदै भारततर्फ लग्ने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनका अनुसार २८ वटा बोरामा प्याक गरिएको अवस्थामा फेला परेको उक्त गाँजा १ हजार ६ किलो परिमाणको रहेको छ।

गाँजासँगै सवारीधनीसमेत रहेका टिपरचालक धनकुटाको सहिदभूमि गाउँपालिका– ४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए।

ad
ad