१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
रासस एजेन्सी
२o८१ जेठ ७ सोमबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सन् २०२४ मा विश्व आर्थिक वृद्धि सुस्त रहने प्रक्षेपण

Read Time : < 1 मिनेट
रासस, एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:५o:oo

सन्  २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने  संयुक्त राष्ट्रसंघको ‘अवस्था र सम्भावना २०२४’ नामक प्रतिवेदनले प्रक्षेपण गरेको छ। सन् २०२३ मा  विश्व आर्थिक वृद्धि २.७ प्रतिशत थियो।

विश्वव्यापी कमजोर व्यापारिक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानीदर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ।

संयुक्त राज्य अमेरिकामा उच्च ब्याजदर न्यून उपभोक्ता खर्च तथा कमजोर श्रमबजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ।

विकासोन्मुख देशहरू पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरू संकुचित, चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन्।

न्यून आय तथा कमजोर अर्थतन्त्रहरूले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन्। साना, टापु तथा  विकासशील राज्यहरूको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने रिपोर्टले जनाएको छ।

ad
ad