मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष १९ बिहीबार १८:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुस र युक्रेनका लागि श्रम स्वीकृति बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष १९ बिहीबार १८:३४:००

सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन रोकेको छ। यी मुलुकमा जाँदा हुन सक्ने थप क्षति न्यूनीकरण गर्न भन्दै वैदेशिक रोजगार विभागले अर्को व्यवस्था नभएसम्मका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएकाे छ।

रुस र युक्रेनबीच लामो समयदेखि युद्ध चलिरहेको छ। यी देशबीचको युद्धमा सामेल भई धेरै नेपाली नागरिकले ज्यान गुमाएपछि विभागले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको हो।