१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार २o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणी र राप्तीमा २६५ घडियाल गोही, तीन डल्फिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार २o:११:oo

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको नारायणी नदी र राप्ती नदीमा चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको अनुगमन गरेको छ।  

अनुगमन तथा गणनाको क्रममा नारायणी नदीमा एक सय १३ वटा र राप्ती नदीमा एक सय ५२ वटा घडियाल गोही फेला गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। 

१५ दिन लगाएर अनुगमन गरिएको निकुञ्जले जनाएको छ। घडियाल अनुगमन कार्यमा काठको डुंगा, रबर बोट, जिपिएस, क्यामेरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग गरिएको थियो। 

अनुगमनको क्रममा तीनवटा डल्फिनसमेत भेटिएको निकुञ्जले जनाएको छ। नारायणी नदीमा भेटिएकामध्ये तीन भाले तथा राप्तीमा पनि तीनवटा नै भाले घडियाल गोही छन्।

ad
ad