१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लेखनाथ महोत्सवमा तीन लाख अवलोकनकर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:२४:oo

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको १९औँ संस्करणको लेखनाथ महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ५ पुसदेखि सुरु भएको महोत्सव नौ करोडभन्दा बढीको कारोबार गर्दै सोमबार सम्पन्न भएको हो ।

महोत्सवमा दुई लाख ५० हजारले अवलोकन गर्ने र नौ करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान रहेकोमा लक्ष्यभन्दा बढी दर्शकले अवलोकनसँगै कारोबार गर्दै सम्पन्न भएको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए ।

स्वदेशी उत्पादनलाई बजारीकरणसँगै उपभोग तथा  उत्पादनमा प्रोत्साहन गर्ने, स्वदेशी उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने मुख्य उद्देश्यसहित महोत्सव सञ्चालन गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । ०५८ मा सुन्तला प्रदर्शनीबाट संघले महोत्सव सुरु गरेर त्यसलाई समयानुकूल परिष्कृत गर्दै हालसम्म आएको उनको भनाइ थियो ।  

तीन सय ३४ स्टल रहेको महोत्सवमा थ्रिडी आर्टमार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, बाल उद्यान, खाना महोत्सव, कलाकारको स्टेज सो, हस्तकला, अटो, दैनिक उपभोग्य वस्तु, विद्यालयस्तरीय शैक्षिक एवं विज्ञान सामग्री प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी, विभिन्न जातजातिको सांस्कृति जगेर्ना, रत्यौली गीत प्रतियोगिता, कन्सर्टलगायत अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सीपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पु¥याएको संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले बताए । 

ad
ad