१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०८० पौष १६ सोमबार १०:०३:००
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायल–प्यालेस्टाइन द्वन्द्व : नगुमोस् दिगो शान्तिको अवसर

Read Time : > 4 मिनेट
२०८० पौष १६ सोमबार १०:०३:००

तपाईं इजरायली र प्यालेस्टिनीलाई शान्ति कत्तिको आवश्यक छ भन्न बुझ्न चाहनुहुन्छ भने अन्त्यहीन युद्धको स्थितिमा उनीहरूको हालत के हुनेछ भनेर एकपटक सोचमग्न हुनुहोस् । यो स्थितिमा एकदमै विशाल र शक्तिशाली इजरायली सेनाविरुद्ध प्यालेस्टिनीहरूको सबभन्दा शक्तिशाली हतियार आफ्ना जनताको मृत्यु र पीडा मात्रै हुनेछ । समृद्ध आधुनिक लोकतन्त्र बन्न चाहने इजरायलको भाग्य पनि दयनीय हुनेछ । इजरायलले प्यालेस्टाइनीहरूलाई वशमा राख्न सेनामा नै स्थायी रूपमा भर प¥यो भने ऊ रंगभेदीका रूपमा एक्लिनेछ । दैनिक हत्या गरेर दमनचक्र चलाउँदा इजरायलीहरू स्वयं भ्रष्ट हुनेछन् । केवल शान्ति मात्रै हिंसामा संलग्नहरूको उद्धारको उपाय हो । 

तर, त्यहाँसम्म कसरी पुग्ने ? इजरायलीहरू अझै पनि अक्टोबर ७ को बर्बरता र त्रासदीबाट मुक्त हुन सकेका छैनन् । प्यालेस्टिनीहरू गाजामा लागेको महिला तथा बालबालिकाका क्षतविक्षत शवका रासको दर्शक बनिरहेका छन् । यस नरसंहारको माझमा बाहिरियाहरूले शान्तिका लागि गरेको आग्रह अपरिपक्व देखिन्छ । साथै, अन्त्यहीन वार्तालाई दिक्क भइसकेका प्यालेस्टिनी एवं इजरायलीहरू शान्तिमा ढिलाइको संयन्त्रका रूपमा हेर्छन् । विगतमा वार्ताकारहरूले भूमि आदान–प्रदान र सुरक्षा प्रबन्धका लगभग सबैजसो प्रस्तावलाई अस्वीकार गरेका छन् । सबै वार्ता असफल भइसकेका छन् ।

अक्टोबर ७ पछि केही कुरा परिवर्तन भएको छ । प्यालेस्टिनीहरूलाई सीमान्तकृत गर्ने इजरायलको रणनीति र सपना चकनाचुर भएको छ । दुवै पक्षले नयाँ दृष्टिकोण भएका नयाँ नेता खोज्ने एउटा अवसर पाएका छन् । र, वर्षौँको उपेक्षापछि अरब राष्ट्रहरूसहित अन्तर्राष्ट्रिय समुदायबाट मद्दतको सम्भावना देखिएको छ । उनीहरूले शान्तिका लागि अहिले पनि कडा मिहिनेत चाहिन्छ भन्ने सोचाइको पासोमा फस्नुहुँदैन । सफलता शान्ति चाहने दुई पक्ष र यसमा विश्वास गर्नेहरूमा निर्भर हुन्छ ।

शान्तिका लागि नेताहरू पनि नयाँ चाहिन्छ, किनकि अहिलेका नेता बदनाम भएका छन् । इजरायलमा बेन्जामिन नेतन्याहु वास्तविक मेलमिलापका लागि एक बाधक हुन् । उनले जति चाँडो पदत्याग गर्छन् उति राम्रो हुन्छ । 
 

यदि यो लडाइँलाई अर्थपूर्ण बनाउने हो भने यसले शान्तितर्फ लैजान सक्नुपर्छ । यो भनेको दुवै राष्ट्रको सहअस्तित्व हो । इजरायलको बमबारीमा हमास लडाकुसहित हजारौँ प्यालेस्टाइनी मारिएका छन् । युद्ध र कब्जाकारी इजरायलीको दिनहुँको अपमानबाट केही प्यालेस्टिनी कट्टरपन्थी पनि भइरहेका छन् । तर, धेरैले हमास र यसले चलाएका कहिल्यै जित्न नसकिने युद्धलाई घृणा नै गर्छन् ।

उनीहरू इजरायलसँग मिलेर नै बस्न चाहन्छन् । बन्दुकधारीहरू उनीहरूको बाटोमा नआए उनीहरू शान्ति नै चाहन्छन् । इजरायललाई पनि अब नयाँ रणनीतिको खाँचो छ । यहुदीहरूका लागि सुरक्षित भूमि तयार गर्ने राज्यको आधारभूत वाचा पूरा गर्न उसको पुरानो रणनीति असफल भइसकेको छ, जसकारण हमासद्वारा उसका एक हजार चार सय मानिस मारिए वा उनीहरूको अपहरण भयो, अरू हजारौँ विस्थापित हुनुपर्‍यो ।

शान्तिले नेताहरू पनि नयाँ माग गर्छ, किनकि अहिलेका नेता बदनाम भएका छन् । इजरायलमा बेन्जामिन नेतन्याहु वास्तविक मेलमिलापका लागि एक बाधक हुन् । उनी जति चाँडो जान्छन् उति राम्रो हुन्छ । अमेरिकाले इजरायलले जति सक्दो छिटो चुनाव गराउ भनेर दबाब दिन सक्छ । सर्वेक्षणहरूले नेतन्याहुको स्थान युद्धको क्षतिलाई बुझेका पूर्वजनरल बेनी गान्ट्जले लिने देखाउँछन् । हुन त, गान्ट्जले प्यालेस्टिनी राज्यलाई समर्थन गरेका छैनन्, तर उनले अस्वीकार पनि गरेका छैनन् ।

प्यालेस्टाइनमा पनि नयाँ नेतृत्व आवश्यक छ । हमास शान्तिको दृढ शत्रु हो, जबसम्म उसले गाजामा शासन गर्छ शान्तिलाई अँगाल्ने प्यालेस्टाइनी वाचा विश्वासयोग्य हुनेछैन । वेस्ट बैंकमा प्यालेस्टिनी प्राधिकरण (पिए) चलाउने महमुद अब्बास भ्रष्ट र कठोर छन् । उनमा लोकतान्त्रिक वैधताको अभाव छ । 

प्यालेस्टाइनमा पनि नयाँ नेतृत्व आवश्यक छ । हमास शान्तिको दृढ शत्रु हो, जबसम्म उसले गाजामा शासन गर्छ शान्तिलाई अँगाल्ने प्यालेस्टाइनी वाचा विश्वासयोग्य हुनेछैन । वेस्ट बैंकमा प्यालेस्टिनी प्राधिकरण (पिए) चलाउने महमुद अब्बास भ्रष्ट र कठोर छन् । उनलाई लोकतान्त्रिक वैधताको पनि अभाव छ । युद्धले क्षतविक्षत गाजालाई स्थिर सरकारको पुनस्र्थापनाका लागि समय चाहिन्छ । न्यायको पक्षमा रहेका मध्यस्त अरब देशहरूले पश्चिम किनारा र गाजामा संक्रमणकालीन प्यालेस्टिनी नेतृत्वका लागि सहजीकरण गर्नुपर्छ । यसले उसलाई चुनाव गराउनुअघि आफ्नै जनता र इजरायलीको विश्वास लिन सहज हुनेछ । गाजा र वेष्ट बैंक दुवैको नेतृत्व गर्ने यस्तो सरकार शान्तिको विश्वसनीय साझेदार बन्न सक्नेछ । 

त्यसले प्रक्रियामा लैजान्छ । सन् १९९३ मा ह्वाइटहाउसको आँगनमा हात मिलाएर गरिएको ओस्लो सम्झौता अन्तिम क्षणमा आएर र महत्वपूर्ण मुद्दालाई छोडेर भएको थियो । प्रत्येक इन्चको प्रगति दुवै पक्षलाई निकै दबाब दिएर प्राप्त गर्नुपरेको थियो । यसले सफलता सम्भव छ भन्ने विश्वासलाई पनि टुटाइदियो । तसर्थ, नयाँ प्रक्रियाले सुरुमै प्रगति गर्नुपर्छ । दुवै पक्षले सहअस्तित्वलाई हानि पु¥याउने आ–आफ्ना अतिवादी विचारलाई सच्याउनुपर्छ । प्यालेस्टिनी अथोरिटीले सशस्त्र समूहहरू बन्द गर्नुपर्छ । अतिवादीहरूलाई विफल पार्नुपर्छ । र, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । अर्थतन्त्रलाई बढावा दिन इजरायलसँग व्यापार र वर्कपरमिटमा धेरै सम्झौता गर्नुपर्ने आवश्यकता छ । प्यालेस्टाइनीहरूलाई उनीहरूले स्वतन्त्रता र अधिकार प्राप्त गरिरहेको महसुस गराउन आवश्यक छ ।

इजरायलले वेस्ट बैंकका इजरायली बस्तीहरूसँग सम्झौता गर्नुपर्छ । भूमि आदान–प्रदानका लागि पर्खन सकिन्छ । साथै, उसले ती बस्तीहरूमा गस्ती गर्न र थप विस्तार हुनबाट रोक्नुपर्छ । इजरायलले यी क्षेत्रहरूमा बस्न गएका एक लाख वा त्यसै हाराहारीको संख्याले या त फिर्ती हुनुपर्छ वा अन्ततः प्यालेस्टिनी शासनअन्तर्गत जानुपर्छ भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ । यो काम इजरायली र प्यालेस्टाइनीहरूका लागि आफैँले गर्न धेरै कठिन काम हो, त्यसैले यसमा बाह्य पक्ष संलग्न हुनुपर्छ । ओस्लो सम्झौतामा अमेरिका प्रायोजक थियो, तर उसले इजरायललाई दबाब दिन सकेको थिएन । 

यसपटक अरब राष्ट्रहरूले निर्णायक भूमिका खेल्नुपर्छ । ट्रम्प राष्ट्रपति हुँदा भएको अब्राहम सम्झौताअन्तर्गत धेरै देशले इजरायललाई मान्यता दिए । त्यो सम्झौता मध्यपूर्वको विचारधाराभन्दा पनि व्यापार र समृद्धिमा आधारित दृष्टिकोणको एक हिस्सा थियो । उनीहरूको पैसा गाजा पुनर्निर्माणका लागि आवश्यक हुनेछ । गाजापट्टीबाट इजरायल गएपछि अरब राष्ट्रहरूका सेनाले त्यहाँको सुरक्षामा मद्दत गर्न सक्छन् । यो कुरा सकेसम्म चाँडो हुनुपर्छ । अरब राष्ट्रहरूले मिलेर काम गरे भने उनीहरूले हमासलाई पैसा र आश्रयबाट वञ्चित गर्न सक्छन् । यसको सट्टा त्यो पैसा गाजाको पुनर्निर्माणमा खर्चिन सक्छन् । उनीहरूको सहयोगले संक्रमणकालीन प्यालेस्टिनी नेतृत्वलाई आफू र आफ्नो प्रशासन स्थापना गर्न कूटनीतिक छहारी प्रदान गर्न सक्छ । 

मुख्य कुरा भनेको इजरायल र प्यालेस्टाइनमाथि अमेरिका र साउदी अरेबियाको चाँडोभन्दा चाँडो दबाब हो । यदि अमेरिका र युरोपेली संघले प्यालेस्टाइनी राज्यलाई अग्रिम मान्यता दिएर इजरायललाई सन्देश दिएमा शान्तिको सुरुवात हुन सक्छ भन्ने प्यालेस्टिनी प्राधिकरणको तर्क छ । युरोपेली संघको अध्यक्षता गरिरहेको स्पेनले यो विचारलाई समर्थन पनि गरिसकेको छ । अमेरिकाले जेरुसेलममा प्यालेस्टिनीहरूका लागि कूटनीतिक नियोग खोल्ने आफ्नो वाचा पूरा गर्नुपर्छ । तर, पश्चिमले प्यालेस्टाइनलाई र साउदी अरेबियाले इजरायललाई पूर्ण मान्यता दिँदा त्यो भाविष्यका लागि पुरस्कार र प्रगतिका लागि प्रोत्साहन हुनेछ ।

यसका लागि समय निकै छोटो छ । इजरायलको प्यालेस्टाइनविरोधी मत बलियो नै रहनेछ । यो सरकार ढलेपछि आउने अर्काे सरकारसँग शान्ति सम्भव छ भन्ने इजरायलीहरूको विश्वासलाई पुनर्जीवित गर्न केवल एक कार्यकाल मात्रै हुनेछ । प्यालेस्टिनी प्राधिकरणको नयाँ नेतृत्वले आजको भ्रष्ट प्रणालीअन्तर्गत मोटाएकाहरूको सामना गर्नुपर्नेछ । 

हमासका बाँकी रहेका सबै सहयोगीले शान्ति भंग गर्न खोज्नेछन् । इरान, अराजकता, अशान्तिमा मौलाउने र उसका छद्म सहयोगीले पनि शान्तिलाई भंग नै गर्न खोज्नेछन् । बाइडेन प्रशासन त इजरायललाई दबाउन इच्छुक हुन सक्छ, तर ट्रम्प प्रशासनले त्यस्तो नगर्न पनि सक्छ । यदि स्थायी युद्धले यी दुई राष्ट्रलाई बर्बाद नपार्ने हो भने इजरायली, प्यालेस्टाइन र उनीहरूलाई माया गर्ने सबैले यो अवसरलाई छोप्न सक्नुपर्छ । 
– द इकोनोमिस्टबाट