Skip This
नेताहरूले पद र प्रतिष्ठाको लुछाचुँडी गर्न छोड्नुपर्छ : डा. चन्द्र भण्डारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १५ आइतबार
  • Saturday, 27 July, 2024
२o८o पौष १५ आइतबार २o:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेताहरूले पद र प्रतिष्ठाको लुछाचुँडी गर्न छोड्नुपर्छ : डा. चन्द्र भण्डारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १५ आइतबार २o:४२:oo

कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पद र प्रतिष्ठाका लागि लुछाचुँडी गर्न छोडेर नेताहरूले देशविकासको काममा लाग्नुपर्ने बताएका छन्।

बिपी विचार समाज मकवानपुरले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आइतबार हेटौँडामा आयोजना गरेको विचार गोष्ठीमा उनले पद र प्रतिष्ठाका लागि नेताहरूले लुछाचुँडी गर्न छोड्नुपर्ने बताएका हुन्।

विश्वेश्वरप्रसाद कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि विचलित नभएको नेताको रूपमा स्मरणीय रहेको भन्दै उनले अहिलेका नेताहरूले बिपीबाट धेरै कुरा सिक्नुपर्ने बताए। नेता भण्डारीले बिपी सत्य र निष्ठाका प्रतीक भएको चर्चा गर्दै उनीसँग राष्ट्र बनाउने सपना रहेको जिकिर गरे।

प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारीले अहिलेका नेताहरूको व्यवहारका कारण युवा पुस्तामा निराशा छाएको बताए। नेताहरूको कार्यशैलीका कारण अब देशमा केही हुन्न भन्ने लागेर युवा बिदेसिएको नेता भणडरीको दाबी थियो। युवा पुस्तालाई देशमै राख्न नेताहरूले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।

‘नेताहरूले पद र प्रतिष्ठाको लागि गरेको लुछाचुँडीका कारण युवाहरू निराश भएका छन्। युवाहरूलाई देशमै राख्न उनीहरूको आवश्यकताअनुसारको विकास र सुशासन दिन सक्नुपर्छ,’ उनले भने। 

दलका नेताहरू समयअनुसार अपडेट हुन नसकेकोतर्फ संकेत गर्दै उनले परिवर्तित समय र देशका युवा जमातको आवश्यकता के हो भनेर बुझ्न नेताहरूलाई सुझाव दिए।

‘अहिले राजनीतिका लागि मात्र राजनीति भइरहेको छ। नेताहरू साँघुरो घेराबाट बाहिर आउनुपर्छ। नेतृत्वको कमजोरीका कारण राजनीतिमा युवालाई इमोसन दिन सकिएको छैन,’ उनले भने। नेता भण्डारीले बिपीको समयमा नेताहरूमा अहिलेको जस्तो साँघुरो सोच नभएको उल्लेख गर्दै उनीहरूले आफ्नो सपनालाई देशको सपनासँग जोडेको बताए। 

बिपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा बिपी विचार समाजका केन्द्रीय अध्यक्ष लोकेश ढकाल, एमाले केन्द्रीय सदस्य रामेश्वर राना, एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद लामिछानेलगायतले बिपीको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए।