मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा ४१ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले वृद्धि भएको छ।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापनाको २५औँ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका निर्देशक ई. प्रदीप अधिकारीले सो जानकारी गराएका छन्। 

प्राधिकरणका अनुसार यो वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार तीन सय ९३ पुगेको  छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा संख्यामा ४१.०४ प्रतिशतले बढी हो। 

अघिल्लो वर्ष (सन् २०२२)को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या २९ लाख ४५ हजार पाँच सय ४० थियो। 

यस्तै, आन्तरिक उडानतर्फ सन् २०२२ को नोभेम्बरको तुलना सन् २०२३ को नोभेम्बरसम्म यात्रु संख्यामा करिब ३७.४८ प्रतिशतले वृद्धि भएको छ।