१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मार्बल टेक्नोप्लास्टमा उपभोक्ताको आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:५२:oo

१२ पुसदेखि सञ्चालन भएको आठौँ घरजग्गा तथा आवास मेला भृकुटीमण्डपमा चलिरहेको छ । आइतबार सम्पन्न हुने मेलामा विभिन्न फर्निचर, पाइप, विद्युत्, सिमेन्ट, सजावटका सामान, स्टिल, सिसा, काठ, ढुंगालगायतले बनेका निर्माण सामग्री पनि प्रदर्शनमा राखिएका छन् । साथै, मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनी सहभागी रहेका छन् ।

मार्बल टेक्नोप्लास्टका उत्पादनहरू सिपिभिसी पाइप, पिभिसी पाइपहरूमा उपभोक्ताको आकर्षण देखिएको मार्बल टेक्नोप्लास्ट लिमिटेडका बजार प्रबन्धक नारायण थापाले बताए । आर्थिक मन्दीको समयमा पनि अहिलेको मेलाले उपभोक्तामा आकर्षण नघटेको उनको भनाइ छ । मार्बलका अहिले आठवटा पाइप उत्पादनमा छन् । जसमा मार्बल ड्युराइड्रेन, मार्बल फलोगार्ड, मार्बल इकोड्रेन, मार्बल प्योरफ्लो, मार्बल सेफडक्ट, मार्बल एक्वाफ्लो, मार्बल बोरवेल रहेका छन् । यी पाइपहरूले पानीको शुद्धता कायम राख्न, क्षय प्रतिरोध गर्न र लामो समयसम्म टिक्नका लागि विशेष भूमिका खेल्न सक्ने कम्पनीको दाबी छ । 

यस मार्बलका पाइपहरू रासायनिक रूपमा क्लोरिनेटेड पाली विनाइल क्लोराइड(सिपिभिसी) भनेर चिनिने विशेष प्लास्टिकबाट बनेका हुन्छन् । बजार व्यवस्थापक थापाका अनुसार गुणस्तरका साथै दीर्घकालका रूपमा अहिलेसम्म निकै प्रभावकारी देखिएको छ ।

सन् २०११ मा स्थापना भएको मार्बल टेक्नोप्लास्टले पाइप उत्पादन, पाइप फिटिङ, पल्म्बिङ, बोरवोयल, ड्रेनेजलगायत कृषि क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले मार्बल ब्रान्ड नामबाट पिभिसी, सिपिभिसी र एचडिपिई पाइपको उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ । बजारमा यस मार्बल कम्पनीले ६५ प्रतिशत ओगटेको कम्पनीको दाबी छ ।

मेलाले बजार चलायमान बनाउँछ : नारायण थापा बजार व्यवस्थापक, मार्बल टेक्नोप्लास्ट लिमिटेड 

अहिलेको चार दिनसम्म चलेको मेलाले पछिल्लो समय कारोबार सुस्त भएको घरजग्गा कारोबारमा फेरि आकर्षण बढ्न सक्ने देखिन्छ । यो हाम्रा लागि निकै राम्रो पक्ष हो । अहिले घरजग्गाको कारोबार पनि बिस्तारै बढ्न थालेको अवस्थामा यो मेला एउटा कोसेढुंगा सावित हुनेछ।

बैंक तथा वित्तीय संस्थाले पनि लगानीमैत्री सहकार्य गर्न थालेको छ । घरजग्गाको कारोबार बढेसँगै हाम्रो पनि मार्बलजन्य पाइपहरूको बजार बढ्छ । कारोबार सन्तोषजनक नभए पनि चलायमान भएको छ । घरजग्गासँग सम्बन्धित अन्य धेरै मेला पनि आउँदै छन् । यी सबै खालका मेलाले बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्छ । मुख्य गरी अहिलेको समस्या भनेको राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्छ । आगामी दिनमा कसरी चलायमान बनाउने भन्ने विषयमा सरकारले छलफल, अन्तक्र्रिया गर्नुपर्छ । 

ad
ad