१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

डुंगा दौड खुलातर्फको उपाधि स्विमिङपुल घाट ‘ए’लाई

वेटर रेसमा रेशम अर्याल र वेट्रेसतर्फ मोनिका नेपाली प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:५४:oo

२५औँ संस्करणको पोखरा सडक महोत्सवअन्तर्गत शनिबार आयोजना गरिएको डुंगा दौडमा स्विमिङपुल घाट ‘ए’ र टान गण्डकीले क्रमशः खुला र संस्थागततर्फको उपाधि जितेका छन्।

यसैगरी, वेटर रेसको उपाधि बेन्जन रेस्टुरेन्टका रेशमबहादुर अर्याल र वेट्रेसतर्फको उपाधि बेन्जनकी मोनिका नेपालीले हात पारिन्।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को आयोजनामा जारी महोत्सवअन्तर्गत शनिबार पोखराको प्रमुख पर्यटकीय केन्द्र फेवातालमा डुंगा दौड प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको खुलातर्फ सहभागी अन्य सात टोलीलाई पाखा लगाउँदै स्विमिङपुल घाट ‘ए’ले उपाधिसँगै २० हजार पुरस्कार पायो। गौरीघाट समूह दोस्रो र बाराहीघाट समूह तेस्रो हुँदै क्रमशः १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे।

संस्थागततर्फ सहभागी अन्य १५ टोलीलाई पछि पार्दै टान गण्डकीले उपाधि हात पार्दा आयोजक रेवान पोखरा दोस्रो र नेपाल टुरिजम भ्यान एसोसिएसनको टोली तेस्रो हुँदै विभिन्न गिफ्ट ह्याम्पर पाए।

यसैगरी, वेटर रेसमा चिल्ली बारका सुनिल गुरुङ दोस्रो र बेन्जनका सौरभ ठकुरी तेस्रो हुँदै क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पाए। वेट्रेसतर्फ बेन्जनकी नेपाली प्रथम, बेन्जनकै माया घले दोस्रो र बेलिफकी रश्मी तिवारी तेस्रो भए। उनीहरूले क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगदसँगै प्रमाणपत्र प्राप्त गरे।

महोत्सवअन्तर्गत आयोजना गरिएको मःम खाने प्रतियोगितामा पुरुषतर्फ प्रकाश गुरुङ, गोबिन गाहा र खगेन्द्र अर्याल तथा महिलातर्फ मिसु पुन, सीता नेपाली र विष्णु थापामगर क्रमशः प्रथम, दोस्रो र तेस्रो भए।

विजयी टोली र खेलाडीलाई रेवान पोखराका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई, महोत्सव संयोजक विश्वराज पौडेल, खेलकुद कार्यक्रम संयोजक वीरेन्द्र लामालगायतले पुरस्कार वितरण गरेका थिए।

ad
ad