१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:o९:oo

शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विभिन्न निर्णयहरू गरेको छ। बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवारलाई राहत र घाइतेको उपचारलगायतका निर्णय बैठकले गरेको छ।

गोली हान्न आदेश दिने प्रहरी अधिकृत, भौतिक पूर्वाधारमन्त्रीका सुरक्षा प्रमुख र इपिएस कोरिया शाखा प्रमुखलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढेको जानकारी दिँदै सरकारकी प्रवक्ता रेखा शर्माले बैठकका निर्णयबारे सुनाइन्।

यी हुन् बैठकका निर्णयहरू :
१. मिति २०८०/९/१३ का दिन ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा दैलेखका श्री सुजन राउत र अछामका श्री वीरेन्द्र शाहको दुःखद निधन भएकोमा नेपाल सरकार गहिरो दुःख प्रकट गर्दछ।

सो घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। सो घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

२. घटनामा निधन भएकाका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने। उक्त घटनामा परी घाइते भएका व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने। सोबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने।

३. उक्त घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने। भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बद्ध निकायलाई थप सतर्क, संयमित एवं प्रभावकारी बनाउने।

४. आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई अपिल गर्दछ।

नोटः घटनास्थलमा गोली हान्न आदेश दिने प्रहरी अधिकृत, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षा प्रमुख र नेपाल सरकारका इपिएस कोरिया शाखा प्रमुखलाई निलम्बन गरी छानबिनको प्रक्रिया अघि बढिसकेको छ।

ad
ad