१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १o:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : अस्पतालमा अपचलन भएको पैसा  बैंक दाखिला

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १o:२१:oo

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अपचलन भएकाे साढे ६ लाख रुपैयाँ बैंकमा दाखिला गरिएको छ  ।  ८ पुसमा नयाँ पत्रिका दैनिकले ‘गजेन्द्रनारायण सिंह अस्पतालमा काउन्टर इन्चार्ज सिंहले साढे ६ लाख रुपैयाँ अपचलन गरेको आरोप’ शीर्षकमा समाचार प्रकाशन गरेपछि अस्पतालको बिल काउन्टर इन्चार्ज धीरेद्रकुमार सिंहले अपचलन गरिएको पैसा बिहीबार बैंकमा दाखिला  गरिएको अस्पतालले  जानकारी दिएको छ । 

बिल काउन्टरमा उठेको आम्दानी बाँकी पैसा बिहीबार बैंकमा दाखिला भएको अस्पतालका सूचना अधिकारी आशाराम यादवले बताएका छन् । उनले बाँकी रहेको ६ लाख ४५ हजार एक सय ६० रुपैयाँ बैंकमा दाखिला भएको बताए ।गजेन्द्रनारायण सिंह अस्पतालमा साढे ६ लाख रुपैयाँ अपचलन भएको पाइएको छ । अस्पतालको बिल काउन्टर इन्चार्ज धीरेद्रकुमार सिंहले ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ अपचलन गरेको तथ्य खुलेको हो ।

स्रोतका अनुसार आर्थिक वर्ष ०८०/८१ को कात्तिक मसान्तसम्म अस्पतालमा एक करोड ४४ लाख नौ हजार दुई सय ४९ रुपैयाँ आम्दानी भएको छ। तर, सिंहले एक करोड ३७ लाख ६४ हजार ८० रुपैयाँ मात्र बैंक दाखिला गरी ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ अपचलन गरेको स्रोतले बताएको छ ।

बिल काउन्टरमा उठेको आम्दानी बैंकमा दाखिला नभएको अस्पतालका सूचना अधिकारी आशाराम यादवले स्वीकार गरेका छन्। उनका अनुसार बिल काटेको भोलिपल्टै बैंक दाखिला गर्नुपर्छ । तर, कात्तिकसम्मको आम्दानीको ६ लाख ४५ हजार रकम अझै दाखिला नभएको उनले बताए।

आर्थिक वर्ष ०८०/८१ को कात्तिक मसान्तसम्म एक करोड ४४ लाख नौ हजार दुई सय ४९ रुपैयाँ आम्दानी भएकोमा सिंहले ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ दाखिला गर्न बाँकी रहेको यादवले नयाँ पत्रिकासँग बताए।

छानबिन गर्दै अख्तियार
यस प्रकरणमा छानबिन सुरु भएको अख्तियारको इटहरी कार्यालयका एक कर्मचारीले जानकारी दिए। उनले भने, ‘कागजात उपलब्ध गराइदिन अस्पताललाई पत्र पठाएका छौँ।’