१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसियन र सिर्जनशील सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२७:oo

एसियन पब्लिक र सिर्जनशील १२औँ प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर महिलामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए)को कोर्टमा एसियनले चैतन्यलाई ७–२ ले पराजित गर्‍यो । एसियनको जितमा सारिका बोहराले ३ स्कोरको योगदान गरिन् । कुञ्जना मगरको ६ स्कोरको सहयोगमा सिर्जनशीलले लिभरपुललाई १२–४ ले हरायो । प्रतियोगिताको सिनियर महिलातर्फ काठमाडौं जेभियर्सले हेम्सलाई ९–८ ले पराजित गर्‍यो । इन्नोभेटिभले सनसाइनलाई १९–१४ ले पाखा लगायो । 

सिनियर पुरुषमा एआइएले भद्रघलेलाई २७–१५ ले निराश बनायो । हेम्सले स्वप्नवाटिकामाथि ३३–२० को जित निकाल्यो । काठमाडौं जेभियर्सले सूर्योदयलाई ३५–११ र सनसाइनले स्पाङगललाई ३०–१७ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एआइएका पर्वत पाण्डेले ७ र हेम्सका आयुष कटुवालले १० स्कोर गरेका थिए । काठमाडौं जेभियर्सका रमितले १० र सनसाइनका सफल तामाङले १५ स्कोरको योगदान गरे । सेमिफाइनलमा हेम्सले सनसाइनको सामना गर्नेछ । काठमाडौं जेभियर्स र एआइएबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

जुनियर पुरुषमा एआइएले लिटिल फ्लावरलाई ८–६ ले पराजित गर्‍यो । काठमाडौं जेभियर्सले स्वप्नवाटिकालाई १७–१४ ले निराश बनायो । सनसाइनले स्पाङगललाई १६–११ र चैतन्यले इनोभेटिभलाई १५–१३ ले पन्छ्याउदै सेमिफाइनल स्थान पक्का गरे । एआइएका आविष्कार बुढाले ४, काठमाडौं जेभियर्सका श्रीयानले ५ र सनसाइनका ऋतिक गिरीले ६ स्कोरको योगदान गरे । फाइनल प्रवेशका लागि काठमाडौं जेभियर्सले चैतन्यको सामना गर्नेछ । एआइएले सनसाइनविरुद्ध खेल्नेछ ।

ad
ad