१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिराहा निर्माण व्यवसायी संघमा राउतको प्यानल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:५९:oo

निर्माण व्यवसायीहरूको पेसागत संगठन नेपाल निर्माण व्यवसायी संघ लहान सिराहाका जिल्ला कार्यसमितिमा अजयबहादुर राउत (अञ्जय) को पूरै प्यानल निर्वाचित भएको छ । 

संघको १२औँ वार्षिक साधारणसभा तथा अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्ष राउत, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, कोषाध्यक्ष तथा सहकोषाध्यक्षसहित सातजना पदाधिकारी तथा ६ जना सदस्य गरी १३ सदस्यीय प्यानल निर्वाचित भएको निर्वाचन अधिकृत पर्शुराम निरौलाले जानकारी दिए। 

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार अध्यक्ष राउत २१ मतान्तरले विजयी भएका हुन्। उनले ९१ मत प्राप्त गरेका छन् भने उनका  निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठले ७२ मत ल्याएका छन्। 

प्रथम उपाध्यक्षमा अमरनाथ साह एक सय दुई मत र द्वितीय उपाध्यक्ष प्रथमलाल चौधरी ९५ मतसहित निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी रामचन्द्र साहले ६० र अशोककुमार यादवले ७१ मत पाएका छन्। 

त्यस्तै, महासचिव पदमा कमलप्रसाद यादव एक सय ६ मतसहित निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी दुरेन्द्रकुमार यादवले ५८ मत पाएका छन्। 

सचिव पदमा अजय जयसवाल एक सय मतसहित निर्वाचित भएका छन् भने जयप्रकाश साहले ६३ मत पाएका छन्। कोषाध्यक्ष तथा सहकोषाध्यक्ष पदमा सुरजकुमार ढकाल र कृष्णप्रताप सिंह तथा सदस्य पदमा फुलगेन सिंह, प्रदीपकुमार यादव, विन्दुकुमार यादव, सन्तोषकुमार साह, प्रमोदुमार सिंह र मन्टुन चौधरी निर्वाचित भएका छन्। 


 

ad
ad