१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको बागमती प्रदेश सम्मेलन आज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१८:oo

प्रदेशहरूको पहिलो सम्मेलनमा केन्द्रित रहेको कांग्रेसले शनिबार काठमाडौंमा बागमती प्रदेशको पहिलो सम्मेलन गर्दै छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रदेश सम्मेलनको तयारी पूरा भएको जनाएको छ । बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीका अनुसार सम्मेलन सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा हुनेछ । 

सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुने प्रवक्ता रुवालीले जानकारी दिए । साथै, कांगे्रसको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त र थप समावेशी बनाउने विषय सम्मेलनको एजेन्डा रहेको उनले जानकारी दिए । सम्मेलनमा छलफलका लागि राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रदेश कार्यसमिति बैठकबाट पारित भएको छ । सम्मेलमा इतर समूहका नेता डा. शेखर कोेइरालालाई दोस्रो वरीयता नदिएको भन्दै इतर समूहले भने विरोधको तयारी गरेको छ । कांग्रेसका ६ प्रदेशका सम्मेलन भने भइसकेका छन् । 

नेविसंघले माग्यो पर्यटनमन्त्रीको राजीनामा 
नेविसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ । शुक्रबार नेविसंघ सानोठिमी क्याम्पसको आयोजनामा मन्त्री किराँतीको पुत्ला दहन भयो । केन्द्रीय सदस्य भुवन भट्टका अनुसार किराँतीले धार्मिक सद्भाव भड्काउन खोजेको भन्दै विरोध गरिएको हो ।

नेविसंघले मन्त्री किराँतीको राजीनामा माग गरेको छ । ‘धार्मिक स्वतन्त्रतामा खलल पु¥याउने गतिविधि गर्न कसैलाई छुट छैन,’ भट्टले भने, ‘या त उनले राजीनामा दिनुपर्छ या तत्काल प्रधानमन्त्रीले मन्त्री किराँतीलाई बर्खास्त गर्नुपर्छ ।’

ad
ad