१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२१:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनको रत्ननगर– ५ स्थित झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री  प्रदान गरेको छ।

अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा बैंकले सहयोग प्रदान गरेको हो।

विद्यालयमा शुक्रबार आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप रु. एक लाखबराबरको शैक्षिक सामग्री हस्तान्तरण गरे।

समारोहलाई सम्बोधन गर्दै उनले दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकासँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरूबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउँदा धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रूपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गरेको बताए।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटिएम, तीन विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख ८६ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

ad
ad