१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

शनिबार हुने कांग्रेसको बागमती प्रदेश सम्मेलनको तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१५:oo

नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन यही पुस ७ गते हुँदै छ। बिहान ८ः३० बजे सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बागमती कांग्रेसले जनाएको छ।

पहिलोपटक हुन लागेको प्रदेश सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुने बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त र थप समावेशी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।

सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनहरू प्रस्तुत हुने र छलफल गरी पारित हुने प्रवक्ता रुवालीले जनाएका छन्।

ad
ad