Skip This
नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच सम्झौता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष ६ शुक्रबार
  • Monday, 15 September, 2025
२o८o पौष ६ शुक्रबार १o:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ६ शुक्रबार १o:४८:oo

नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच बैंकका ग्राहकको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गर्ने साझेदारी सम्झौता भएको छ । ग्राहकलाई थप सहयोग पुर्‍याउने उद्देश्यले भएको सम्झौतामा बैंकका एसएमई, एमएफ एन्ड एसबी प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेस सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले हस्ताक्षर गरेकी हुन् । 

सम्झौताअनुसार बैंकका ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानुनी र कर व्यवस्थापन गर्नका लागि उपाय बिजनेस सोलुसन्सको सेवा लिने जनाइएको छ । उपायले व्यावसायिक सेवाका बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुका साथै बैंकका ग्राहकलाई आवश्यकबमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने उल्लेख छ ।

हस्ताक्षरपछि कका  एसएमई, एमएफ एन्ड एसबी प्रमुख श्रेष्ठले नबिल बैंक साना तथा मझौला उद्यमीलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशीघ्र ऋण उपलब्ध गराउन अग्रसर रहेको बताए । यसका साथै विभिन्न सुविधा र सेवा उपलब्ध गराउन सधैँ अग्रसर रहेको उनको भनाइ थियो । उपाय बिजनेस सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्जासम्बन्धी सेवाका साथै वित्तीय व्यवस्थापन, कानुनी र कर व्यवस्थापनसम्बन्धी व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकलाई मार्गदर्शन र मद्दत गर्ने बताइन् ।