१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सहिद मार्ग निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीलाई रोल्पाली जनप्रतिनिधिको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

सहिद मार्ग निर्माणमा बजेट अभावका कारण ढिलाइ भएको भन्दै रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका संघीय सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान बालुवाटारमा भेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । 

प्रतिनिधिमण्डलले सडक निर्माणमा आवश्यक रकम सुनिश्चितताका लागि आग्रह गरेका छन् । आर्थिक वर्ष ०६४÷६५ देखि सुरु भएको सो मार्ग दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम–मैकोटसम्म पुग्छ । 

निर्माण सुरु भएको १५ वर्षभन्दा बढी भइसक्दा पनि सहिद मार्ग निर्मँण सम्पन्न हुन सकेको छैन । उक्त सडकखण्डअन्तर्गत हाल होलेरी–दारबोट कालोपत्रेको चरणमा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेको सांसद पुनले बताए । 

यस्तै, हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग गरिएको छ । विगतमा घोराही– होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार सकेको छैन । 

पिच भत्किएर सो ठेक्का रद्ध गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरूले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाई भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन्न प्रधानमन्त्रीसँग माग गरे । 

जवाफमा प्रधानमन्त्रीले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताए । उनले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टिमले आफूसँग विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा सहिद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको पुनले जानकारी दिए । 

प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिका अध्यक्ष जनक पुन र परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा बालुवाटार पुगेका थिए ।