मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध उत्खननकाे आरोपमा १८ विरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

अवैध गिटी, ढुंगा बालुवा उत्खननकाे आरोपमा सिराहाको लाहानस्थित डिभिजन वन कार्यालयले सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोसहित १८ जनाविरुद्ध सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

डिभिजन वनका सूचना अधिकारी राधेश्याम चौधरीले बुधबार प्रेस विज्ञप्तिमार्फत वन क्षेत्रको खोला कानुनविपरीत ठेक्का लगाई अवैध रूपमा गिटी, ढुंगा, बालुवा उत्खनन गरे गराएको आरोपमा मुद्दा दायर गरिएको जनाएका छन् ।

अवैध ढंगले ढुंगा, गिटी, बालुवा उत्खनन गरिरहेको अवस्थामा पक्राउ परेका मंजितकुमार यादव, फुलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादव, अरविन्दकिशोर यादव, इन्द्रजित महतो, रामकिशोर यादव, पुरुषोत्तम यादवविरुद्ध मुद्दा दायर गरिएको छ ।

त्यस्तै, अनुसन्धानको आधारमा उत्खननमा संलग्न भेटिएका जेसिबी. बद्री यादव, ट्याक्टरधनीहरू अजित पासवान, रधुनाथकुमार महतो, विमल अधिकारी, सरोजकुमार यादव, राकेश यादव, हरि नेपाली तथा कानुनविपरीत वन क्षेत्रको खोला ठेक्कालगायका धनगढीमाईका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र ठेक्का लिने वरुण कन्स्ट्रक्सन, धनगढीमाईका प्रोपाइटर नीलमकुमारी यादवविरुद्ध एक लाख ५७ हजार आठ सय १५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

धनगढीमाई नगरपालिकाको उत्तरवर्ती वडा नं. १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्रबाट विनाअनुमति उत्खनन गरिरहेको अवस्थामा एक थान अनटेस्ट जेसिबी, सातवटा ट्याक्टरसहित गत १५ मंसिरमा पक्राउ गरिएका आठजना तथा सातजना व्यवसायी र प्रमुख प्रशासकीय अधिकृत गरी १८ जनाविरुद्ध अवैध उत्खननसम्बन्धी मुद्दा दायर गरिएको सूचना अधिकारी चौधरीले बताए ।