१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुक्खा बन्दरगाहका बेवारिसे ३८० कन्टेनरमा भन्सार छलीका मालवस्तु फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo

भन्सार विभागले वीरगन्ज सुक्खा बन्दरगाहमा अप्रेसन अभियान चलाउँदा आयात प्रतिबन्धित र कम मूल्यांकन गरेर भित्र्याइएका वस्तुहरू फेला पारेको छ । वीरगन्ज सुक्खा बन्दरगाहको यार्ड र गोदाममा आयात प्रतिबन्ध रहेका र एउटा वस्तुलाई अर्कै नाममा भित्र्याएर लुकाइएका शंकास्पद वस्तुहरू रहेको सूचनापछि विभागले ‘सर्च अभियान’ तीव्र पारेको हो ।

विभागले पहिलो चरणमा भन्सार गोदाम र यार्डमा सन् २०१८ देखि थन्किएर रहेका ६० दिन नाघेका वस्तु रहेका करिब ३८० कन्टेनर खोलेर चेकजाँच सुरु गरेको हो । सर्च अभियानको नेतृत्व विभागका शाखा अधिकृत मधु खनालले गरेका छन् । हालसम्म १८३ कन्टेनरको चेकजाँच सम्पन्न भइसकेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिबन्धित र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराउ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाल, जनावरका सिङलगायत फेला परेको विभागले जनाएको छ । चेकजाँच गरिएका अधिकांश कन्टेनरमा अवैध रूपमा भित्र्याइएका मालवस्तु फेला परेका छन् । 

विगतदेखि नै तस्करहरूले बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिबन्ध रहेका वस्तुलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनी भन्सारबाट छुटाउने गरेका छन् । तर, पछिल्लो समय भन्सार विभागले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाई भन्सार कार्यालयबाट जाँचपास हुने हरेक मालवस्तुको निगरानी गर्ने र शंकास्पद देखिएमा विभागबाटै टोली खटाई पुनः भौतिक परीक्षण गर्न थालेको छ । जसकारण एउटा वस्तुलाई अर्कै भनी घोषणा गर्ने प्रवृत्तिमा नियन्त्रण आएको स्रोत बताउँछ ।

अवैधानिक रूपमा भित्र्याइएका मालवस्तुको भन्सार घोषणा नगरी गोदाम–यार्डमा लुकाएर राख्ने र भन्सारमा कमजोर नेतृत्व भएको बखत भन्सार छुटाउने गरेको स्रोतको भनाइ छ । विभागले शंकास्पद कन्टेनर सर्च गरेर अवैधानिक मालवस्तु ल्याउने पैठारीकर्ताको पहिचान गरी दोषीमाथि हदैसम्मको कारबाही गर्ने अभियान चलाएको छ । 

ad
ad