१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ४ बुधबार
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ४ बुधबार १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीका भूकम्प प्रभावितलाई दक्षिण कोरियाको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ४ बुधबार १७:५६:oo

कर्णालीका भूकम्प प्रभावितलाई दक्षिण कोरियाले तीन लाख अमेरिकी डलरबराबरको सहयोग गरेको छ। अति प्रभावित भूकम्पपीडितहरूको सहयोगका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) मार्फत आवश्यक मानवीय सामग्री हस्तान्तरण गरेको हो। 

गत कात्तिक २७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा १ सय ५७ जनाको ज्यान गएको र कर्णाली प्रदेशका तीन लाखजना प्रभावित भएपछि दक्षिण कोरिया प्रभावित समुदायको साथमा रहेको भन्दै सहयोग साम्रगी पठाएको हो। 

बुधबार सामग्री हस्तान्तरण गर्दै भूकम्पबाट प्रभावित अति जोखिममा परेका समुदायहरूलाई थप सहयोग गर्न दक्षिण कोरियाली सरकार प्रतिबद्ध रहेको जनाएको हो। सामग्री हस्तान्तरण गर्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत एच. ई. तेयोङ पार्कले भने, ‘अप्ठ्यारो अवस्थामा कोरियाली सरकार सधैँ सहयोगका लागि प्रतिबद्ध छ। खासगरी भूकम्पले कतिपय स्वास्थ्य संस्थाहरूको भवनहरू भत्किएको र स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्रीहरूको अभावले गर्दा स्वास्थ्य सेवाहरू अवरुद्ध भइरहेको अवस्थामा महिला तथा किशोरीहरूलाई यौन र अन्य हिंसा, शोषण, र दुर्व्यवहारको उच्च जोखिममा रहेकाले कोरियाले पठाएको सामग्रीले केही हदसम्म राहत दिने आशा गरेका छौँ।’ 

कोरियाले ४०,००० भन्दा बढी महिला तथा बालिकाहरूलाई सेवा दिने ५,००० न्यानो कपडा तथा सामग्री, २,००० डिग्निटी (मर्यादा) किट, र विभिन्न स्वास्थ्य किटका १४ वटा सेटलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री युएनएफपिएलाई हस्तान्तरण गरेको हो। 

यी किटहरूमा अस्पताल र अन्य स्वास्थ्य सुविधाहरूमा आपतकालीन हेरचाहमा चिकित्सकीय व्यवस्थापन गरी वितरण गरिने बताइएको छ। साथै, यो रकम जाजरकोट र रुकुम पश्चिमका ५० भन्दा बढी यौन तथा प्रजनन स्वास्थ्य तथा लैंगिक हिंसाविरुद्ध लड्ने सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्न पनि प्रयोग गरिने बताइएको छ।

०७२ सालको भूकम्पदेखि निरन्तर सहयोग गर्दै आएको कोरियाले कोभिड–१९ को महामारीलगायत चुनौतीपूर्ण समयमा समेत आवश्यक साम्रगी पठाएर नेपाललाई सहयोग गर्दै आएको छ।