१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फास्ट ट्रयाकको काम छिटो सम्पन्न गर्न समितिकाे निर्देशन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१६:oo

राज्य व्यवस्था समितिले फास्ट ट्रयाक निर्माण कार्य शून्य विन्दुदेखि निजगढसम्म छिटो सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको छ। 

बुधबार बसेको बैठकले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्दै समितिले प्रधानमन्त्री, उपप्रधानमन्त्री, रक्षामन्त्री तथा सबै समन्वयकारी मन्त्रालयसँग छलफल गरी यसलाई छिटो सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको हो। 

यस्तै, नेपाली सेनाबाट माग भएबमोजिम प्राविधिक तथा अन्य सहयोग समयमै उपलब्ध गराउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। 

टिंकर सडकदेखि अन्य राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी बनाउन आवश्यक बजेट उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।  

निर्माणको जिम्मा लिएको नेपाली सेनाले पछिल्लो समय समितिले प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकन गरी परियोजनामा सामेल गराएको भन्दै आलोचना भएपछि समितिले प्रधानसेनापतिलाई बैठकमा बोलाएको हो। 

बैठकमा प्रधानसेनापति शर्माले नेपाली सेनालाई कमजोर बनाउन गिरोह नै क्रियाशील रहेको बताए। साथै, समितिले राष्ट्रिय गौरवको आयोजनाको काम सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा परियोजना इकाइलाई निर्देशन दिने निर्णय गरेको छ।