१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ४ बुधबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष ४ बुधबार o९:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विमानस्थलका कर्मचारीले बुझ्थे सुन तस्करी गरेबापत एक लाख ६० हजार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ४ बुधबार o९:५४:oo

भन्सार कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा हालसम्म १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रबहादुर घले, मीनबहादुर गुरुङ, सुशीला पाण्डे, गणेश चेपाङ, कपिल ओझा, शेरबहादुर बस्नेत, लेखबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला र अनिल श्रेष्ठ छन् ।

घले र गुरुङबाहेक सबै विमानस्थलका कर्मचारी हुन् । जसमध्ये पाण्डे, चेपाङ र ओझा सरसफाइ कर्मचारी हुन् । बस्नेत र श्रेष्ठ क्रमशः प्लम्बर र एसी प्राविधिक हुन् । तामाङ, देउला र श्रेष्ठ ज्यालादारीमा काम गर्ने कर्मचारी हुन् । उनीहरूले विमानस्थलबाट एकपटक सुन पास गराएबापत एक लाख ६० हजार रुपैयाँ बुझ्थे ।

उक्त रकम जिम्मेवारीअनुसार आपसमा बाँडफाँट गर्थे । भन्सारका अनुसार विमानस्थलभित्र तस्करीको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा बस्नेतले लिएका थिए । उनैको निर्देशनअनुसार विमानस्थलका अन्य कर्मचारी तस्करीमा खटिन्थे । 

बस्नेतको मीनबहादुरसँग चिनजान थियो । उनलाई मीनबहादुरले नै सुन तस्करीको प्रस्ताव गरेका थिए । प्रतिट्रिप एक लाख ६० हजार रुपैयाँ उपलब्ध गराउने भनेपछि उनले मीनबहादुरको प्रस्ताव मानेका थिए । स्वयं मीनबहादुरले भने नेपालमा सम्पूर्ण व्यवस्थापन मिलाएबापत तस्करको मुख्य नाइकेबाट प्रतिटिप एक लाख रुपैयाँ बुझ्थे ।

सुन बोक्न प्रयोग गरिएका भरिया चन्द्रबहादुर र कृष्णकुमारले भने प्रतिटिप ५५ हजारदेखि ६० हजार रुपैयाँसम्म बुझ्थे । भन्सारका अनुसार उनीहरूलाई दुबईबाट सुन पठाउने भारतीय नागरिक अमित अग्रवाल हुन् । उनी दुबई बस्ने गर्छन् । भारतमा उक्त सुन गुरु नाम गरेका व्यक्तिले बुझ्ने गर्छन् । भन्सारका अनुसार उनको सम्बन्धमा हालसम्म थप विवरण खुल्न सकेको छैन ।