१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इन्जुरी समयमा पोखरा भाग्यमानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:२१:oo

स्ट्राइकर मोसेस ग्याबाहले खेलको अन्तिम इन्जुरी समयमा गरेको एक मात्र गोलको सहयोगमा पोखरा थन्डर्स दोस्रो संस्करणको नेपाल सुपर लिगको प्ले अफमा पुगेको छ । प्ले अफमा स्थान पक्का गर्ने पोखरा पहिलो टोली बनेको छ । दशरथ रंगशालामा पोखराले मंगलबार बुटवल–लुम्बिनीलाई १–० ले हराउँदै प्ले स्थान सुरक्षित गरेको हो । पोखराले ७ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । पोखराले एक खेलअघि नै प्ले अफमा स्थान पक्का गरेको हो । हारसँगै बुटवलको प्ले अफ खेल्ने सम्भावना लगभग सकिएको छ । 

बुटवल ७ अंकका साथ सातौँ स्थानमा छ । बुटवलले प्ले अफ स्थान पक्का गर्न सहभागी अन्य टोलीको नतिजा कुर्नुपरेको छ । नेपाल सुपर लिगको शीर्ष दुई टोलीबीच फाइनल प्रवेशको क्वालिफायर खेल हुनेछ । क्वालिफायरमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ । प्रतिस्पर्धामा रेफ्रीको निर्णय विरोध जनाउँदा बुटवलका दुई अफिसियलले पहेँलो कार्ड पाएका छन् । 

पोखराका खेलाडीले डिबक्सभित्र ह्यान्ड भएको भन्दै बुटवलका अफिसियलले फोर्थ अफिसियलसँग वादविवाद गरेको थिए । फोर्थ अफिसियल नवीन्द्र महर्जनको सल्लाहमा मुख्य रेफ्री श्याम दनुवारले दुई अफिसियललाई कार्ड देखाएका हुन् । प्रतिस्पर्धामा बुटवलले आकर्षक खेल खेले पनि गोल गर्न सकेन । खेलको चौथो मिनेटमा बुटवलका स्टेफन बिनोङले डिबक्सबाट सहज गोल अवसर चुकाएका थिए । खेलको आठौँ मिनेटमा बुटवलका बुटवलका जिलेस्पी जंग कार्कीले डिबक्सबाहिरबाट प्रहार गरेको भली दोस्रो बारमा लागेको थियो । 

ad
ad