Skip This
४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह, बेहुलासहित विवाह गराइदिने पाँच पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ३ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o पौष ३ मंगलबार २३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह, बेहुलासहित विवाह गराइदिने पाँच पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ३ मंगलबार २३:१o:oo

पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १० मगरकोटमा ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराइएको छ । 

घटना सार्वजनिक भएपछि प्रहरीले बेहुवासहित पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन । 

प्रहरीले बालविवाह भएको भन्ने सूचना प्राप्त भएपछि विवाह गर्ने र गराउनेलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए । 

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ बमोजिम कारबाही अगाडि बढाइएको प्रहरी इन्स्पेक्टर शर्माले जानकारी दिए ।