१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:४५:oo

 लिट्मस केबल्सले सात महिना लामो राष्ट्रव्यापी प्रवद्र्धन योजना ल्याएको छ । कम्पनीले इलेक्ट्रिसियनलाई लक्षित गरी ‘लिट्मस केबल्सः इको वायरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ नामक योजना ल्याएको हो । 

योजनाको मुख्य उद्देश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणका लागि पुरस्कृत गर्नु रहेको कम्पनीले जनाएको छ । यसअन्तर्गत इलेक्ट्रिसियनले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, एक सय कोइल्सको खरिदमा ड्रिल मेसिन, तीन सय कोइल्सको खरिदमा एयर कुलर, पाँच सय कोइल्सको खरिदमा मुक्तिनाथको यात्रा अथवा मोबाइल र एक हजार कोइल्सको खरिदमा टिभीजस्ता उपहारहरू जित्ने अवसर पाउने जनाइएको छ । 

साथै, एक हजार पाँच सय कोइल्सको खरिदमा वासिङ मेसिन र दुई हजार पाँच सय कोइल्सको खरिदमा दुबई यात्राको अवसर पाउने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुनका लागि, इलेक्ट्रिसियनले इकोवायर–जेडएच खरिद गरी कुपनहरू नजिकैको लिट्मस केबल्सको डिलरमा आवश्यक विभिन्न जानकारी गराउनुपर्ने जनाइएको छ । योजनाअन्तर्गत जम्मा भएको कुपनका आधारमा उपहार प्रदान गरिने कम्पनीको भनाइ छ । 

इकोवायर–जेडएच नेपालकै पहिलो जेरो हेलोजेन तार रहेको र यो सुरक्षा सुधार गर्नका लागि विशेष रूपमा पिभिसी पोलिमरद्वारा बनाइएको तार रहेको कम्पनीको भनाइ छ ।  यसै कारणले आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन–मुक्त ग्यास मात्र फाल्ने हुनाले सुरक्षित र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । 

ad
ad