१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २ सोमबार
  • Friday, 27 June, 2025
२o८o पौष २ सोमबार ११:४१:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महिलाको रोजाइमा उलन कुर्ती सेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २ सोमबार ११:४१:oo

जाडो महिनामा महिलाको रोजाइमा उलन टप सेट तथा उलन कुर्था पर्ने गर्छ । स्टाइलिस देखाउनुका साथै न्यानो महसुस पनि गराउने भएकाले उपभोक्ताले यसमा आफूलाई कम्फर्टेबल फिल गर्ने गरेका छन् । महिलाले कुर्थी सेटसँगै लङ कोट तथा स्वीटर पनि लगाउने गरेका छन् । 

लङ स्ट्रेट उलन कुर्थी :  यसलाई प्लाजो, लेगिन्स वा जिन्ससँग लगाउन सकिन्छ । दुवै साइडमा खल्तीसमेत हुने भएकाले कार्यालयमा काम गर्न जाने महिला यसलाई लगाउन मन गर्छन्  बजारमा विभिन्न मूल्यमा यस्ता रेडिमेड कुर्ताहरू पाइन्छन् । 

क्याजुअल उलन कुर्ता :  अधिकांश कुर्ताको डिजाइन क्याजुअल नै हुन्छन् । क्याजुअल कुर्ता उलनका कपडाबाट तयार गरिन्छ । विशेषगरी, युवापुस्ताको रोजाइमा यो कुर्ता पर्ने गरेको छ । यो हल्का र न्यानो हुन्छ र स्टाइलिस लुक्समा उपलब्ध हुन्छ । यसलाई जिन्स वा लेगिन्ससँग लगाउन सकिन्छ । 

ट्रेडिसनल कुर्ता :  बजारमा परम्परागत लुक्स दिने कुर्थाहरू पनि उपलब्ध छन् । प्रायः ४० कटेका महिलाको रोजाइमा पर्ने गरेको छ । तर, यो कुर्ता युवतीको रोजाइमा पनि छ । किनभने, यसलाई स्टाइलिस लुक्स दिन पनि मिल्छ । पराम्परागत लुक्समा बाउलामा बुट्टा भरेर नयाँ लुक्स दिने गरिन्छ ।