१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनहरीमा जंगली हात्तीको आतंक, एउटा घर र गोठमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१९:oo

मकवानपुरको मनहरीमा जंगली हात्तीले आइतबार राति एउटा घर र गोठमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार मनहरी गाउँपालिका– ८ सिम्पानीमा जंगली हात्तीले एउटा घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने एउटा गोठमा आंशिक रूपमा क्षति पुर्‍याएको छ ।

हात्तीले स्थानीय टल्के चेपाङको ढुंगामाटो र जस्ताले बनेको एकतले घरमा आक्रमण गरेर भत्काइदिएको छ । यस्तै, स्थानीय रामबहादुर तामाङको गोठमा आंशिक क्षति पुर्‍याएको छ । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति भने भएको छैन ।

हात्तीले आक्रमण गरेपछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ धपाइएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।

ad
ad