१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलौरीमा पहिलोपटक किसानलाई परिचयपत्र 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

कञ्चनपुरको एक पालिकाले किसानलाई परिचयपत्र वितरण गरेको छ। बेलौरी नगरपालिकाले किसानलाई परिचयपत्र वितरण गरेको हो। 

पहिलोपटक बेलौरी नगरपालिकाले किसानलाई परिचयपत्र वितरण गरेको जनाएको छ। बुधबार एक कार्यक्रमबीच तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरिएको छ।

बेलौरी नगरका मेयर पोतीलाल चौधरीले तीन वडाका ७५ व्यावसायिक रूपमा तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरेको बताए। 

मेयर चौधरीका अनुसार ३, ५ र ९ का तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरिएको छ। ‘उहाँहरूलाई कृषि शाखा, वडाको सिफारिस मापदण्डअनुरूप पालिकाले प्रमाणित गरेर किसान परिचयपत्र वितरण गरेको हो, ‘मेयर चौधरीले भने, ‘भावी दिनमा सबै वडाहरूमा किसान पहिचान प्रमाणीकरण गरेर परिचयपत्र वितरण गछौँ।’

स्थानीयसहित धनगढी, अत्तरिया, महेन्द्रनगरसहितका बजारमा आफूले उत्पादन गरेको तरकारी बेच्नका लागि सहज गराउने, किसान पहिचान गर्न, उत्साहित गराउन, तरकारी सहजै बिक्री-वितरणका लागि किसानलाई परिचयपत्र वितरण गरिएको मेयर चौधरीको भनाइ छ।

‘उहाँहरूले उत्पादन गरेको तरकारी बेच्न जाँदा व्यवसायीले कहीँकतै भारतबाट उच्च रसायन राखेर उत्पादन गरेको तरकारी हो कि भन्ने दुविधा हुने गरेको पाइयो, ‘मेयर चौधरीले भने, ‘वास्तविक किसान पहिचान गर्न व्यवसायी तथा उपभोक्तालाई समेत सहज हुनेछ।’

किसान परिचयपत्र पाएपछि बेलौरीका किसान हर्षित भएका छन्। उनीहरूले आफूहरूलाई पालिका सरकारले किसान पहिचान दिएर परिचयपत्र वितरण गरेर सहजता गराइदिएको बताएका छन्। परिचयपत्र वितरण कार्यक्रममा जनप्रतिनिधि, कृषि शाखासहितका कर्मचारी र किसानको सहभागिता थियो।