१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेत्रहीन महिला क्रिकेटमा नेपालले भारतलाई हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१५:oo

भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी–२० क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित निकालेको छ । भारतले पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेट गुमाएर १७१ रन बनायो । १९.१ ओभरमा विनाक्षति १७४ रन बनाउँदै नेपाल सानदार जित निकाल्न सफल भयो । भारतमाथि जित हात पार्दा ओपनरद्वय विनिता पुन र मनकेशी चौधरीले अर्धशतकीय इनिङ्स खेले । 

कप्तान पुनले ६० बलमा सात चौकाको सहयोगमा ७८ रन बनाइन् । चौधरीले ५७ बल सामना गरी पाँच चौका मद्दतमा ७५ रन जोडिन् । भारतले नेपाललाई २१ अतिरिक्त रन दिएको थियो । यसअघि ब्याटिङ गरेको भारतका लागि ओपनर सिमु दासले सर्वाधिक ८१ रनको नटआउट योगदन दिइन् । उनले ६१ बल सामना गरेकी थिइन् । यसैगरी सुनिता सेठले २७ बलमा ३१ रन बनाइन् । मध्यक्रममा भारतको फितलो प्रदर्शन भयो । नेपाली बलरले २० अतिरिक्त रन दिएका थिए । 

भारतका आउट भएका सबै महिला ब्याट्सम्यान रनआउट भएका थिए । सरिता घिमिरेले ओपनर सुष्मा पटेललाई १४ रनमा रनआउट गरिन् । विनिता पुनले दुई खेलाडीलाई रनआउट गरिन् । नेपालको बलिङमा सरिता घिमिरेले चार ओभरमा २२ रन खर्चिइन् । विनिताले चार ओभरमा ३५ रन दिइन् । मुना आर्यालले चारै ओभर बलिङ गरी ३५ रन खर्चिइन् । भारतका बलरले कुनै पनि विकेट लिन सकेनन् । यसअघि भएको पहिलो र दोस्रो खेलमा नेपाल पराजित भएको थियो । जितसँगै सिरिज जित्ने सम्भावना कायमै राखेको छ । भारतको पहिलो हारपछि पाँच खेलको सिरिजमा भारत २–१ ले अघि छ । अब नेपाल र भारतबीच सिरिजको चौथो खेल बिहीबार हुनेछ । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

ad
ad