Skip This
भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको दोस्रो चरणको अभियान भोलिबाट 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २५ सोमबार १४:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको दोस्रो चरणको अभियान भोलिबाट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार १४:५४:oo

कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा भोलिबाट दोस्रो चरणको कार्यक्रम थाल्ने भएको छ।

महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले २६ मंसिरदेखि पुस ६ गतेसम्म दोस्रो चरणको कार्यक्रम गर्ने निर्णय गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले हजार अस्थायी घरटहरा बनाउने अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम घोषणा गरिएको हो। 

यस क्रममा अस्थायी घरटहरा निर्माणका लागि केन्द्रीय सदस्यको नेतृत्वमा घरटहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली खटिने कांग्रेसले जनाएको छ।