Skip This
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै उद्योगी-व्यवसायी धर्नामा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै उद्योगी-व्यवसायी धर्नामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि रुपन्देहीका उद्योगी–व्यवसायीले आजदेखि विमानस्थलअगाडि धर्ना सुरु गरेका छन्। 

उनीहरूले शुक्रबार भैरहवामा विरोध प्रदर्शन गरेका थिए। विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै शुक्रबार भैरहवामा शान्तिपूर्ण जनदबाब र्‍याली तथा विरोध प्रदर्शन गरेका उनीहरूले आजदेखि विमानस्थलअगाडि धर्ना सुरु गरेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए।

रुपन्देहीमा रहेका करिब ३२ वटा संघसंस्थाको नेतृत्व गरेको सिद्धार्थ सञ्जाल रुपन्देहीले आयाेजना गरेकाे धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन्।

धर्नामा उद्याेगी–व्यवसायीले श्रम स्वीकृति कार्यालय पूर्ण रूपमा सञ्चालन गर, भिसा सेन्टर कार्यालय पूर्ण क्षमतामा सञ्चालन गर, स्वास्थ्य परीक्षण संस्था पूर्ण रूपमा दक्ष जनशक्तिसहित सञ्चालन गर, भैरहवामा मेनपावर कार्यालय स्वीकृत गर, रोजगारमा जाने सबैलाई तालिमको व्यवस्था गर, अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्युआरसहितको खोप केन्द्र स्थापना गर, नेपालको सबै ठाउँमा आन्तरिक उडान गर, अन्तर्राष्ट्रिय सबै एयरलाइन्स उडान गर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गरलगायतका माग राख्दै धर्ना दिएका छन्। 

धर्ना कार्यक्रमलाई निरन्तरता दिने आन्दोलन संघर्ष समितिका संयोजक चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए। विमानस्थलअगाडि धर्ना कार्यक्रम सुरु भएपछि विमानस्थल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। धर्ना कार्यक्रममा उद्याेगी व्यवसायी, सर्वसाधारण, जनप्रतिनिधि, प्रदेश सांसद, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयलगायतकाे सहभागिता थियाे।