१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४३:oo

नेपाल लाइफ इन्स्योरेन्सले ०८० असोज मसान्तसम्ममा ६९.६२ अर्ब दाबी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दाबी भुक्तानीबापत ५.६८ अर्ब, परिपक्व दाबी भुक्तानीबापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानीबापत २३.४४ अर्ब दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले ०८० असोज मसान्तसम्ममा १३ हजार पाँच सय १२ जनाका हकवालालाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ । कम्पनीले कन्भेन्सनल प्लानअन्तर्गत ११ हजार एक सय ७७ जनालाई तीन अर्ब ७१ करोड र वैदेशिक रोजगारीतर्फ दुई हजार तीन सय ३५ जनालाई एक अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ ।  

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदनमध्ये ९३ प्रतिशत दाबी फस्र्योट भइसकेको कम्पनीले जनाएको छ । यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिनभित्र गरेको छ । 

यसैगरी, ६७ प्रतिशत निवेदन एक हप्ताभित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिनाभित्र कम्पनीले गरेको छ । कम्पनीले आधुनिक प्रविधिको प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाइएको प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

आर्थिक वर्ष ०७९/८० मा ९९.१३ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बिमा कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष ०७८/७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गरेको थियो । 

ad
ad