
वेस्टर्न युनियन मनी ट्रान्सफरले दसैँलक्षित ‘दसैँमा १० गुणा’ योजनाकी विजेता इटहरीकी होमादेवी पाण्डेलाई नगद हस्तान्तरण गरेको छ । योजनाअनुसार विजेताले बम्पर लक्की ड्रमार्फत प्राप्त कारोबार रकमको १० गुणा रकम जितेकी हुन् ।
नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी ‘दसैँमा १० गुणा’अभियान सुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणाबाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।