Skip This
प्रेरक प्रसंग : प्रेमको अर्थ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २४ आइतबार o६:o३:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : प्रेमको अर्थ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार o६:o३:oo

एकपटक एउटी गौपालक युवती दूध बेचिरहेकी थिइन् । उनले सबैलाई दूध नापी, तौली दिइरहेकी थिइन् । सोही समय एउटा युवा दूध लिन आउँछ । उनले सो युवाको भाँडामा दूध ननापी नै भरेर दिइन् । सोही स्थाननजिकै एकजना साधु हातमा माला लिएर जप गर्दै बसेका थिए ।

उनले यो कुरा देखेरे आफू नजिकै बसेका अर्का व्यक्तिलाई सबै विवरण बताउँछन् र त्यसको कारण के होला भनेर जान्न खोज्छन् ।  जुन युवालाई ती गौपालक युवतीले ननापी नै दूध दिइन् । उनी सो युवासँग प्रेम गर्छिन् भनेर ती व्यक्तिले भन्छन् ।

यो कुराले साधुको मनभित्र छोयो । उनले सोचे कि एउटा दूध बेच्ने युवती प्रेमको हिसाब राख्दिनन्, तर म ईश्वरसँग प्रेम गर्ने व्यक्तिचाहिँ बिहानदेखि साँझसम्म गनी–गनी माला जप्छु ।

उनले मभन्दा त ती युवती नै उत्तम छिन् भन्ने सोचेर जपमाला चुँडालेर फ्यालिदिए । जहाँ प्रेम हुन्छ, त्यहाँ हिसाब–किताब हुँदैन । र, जहाँ हिसाब–किताब हुन्छ, त्यहाँ प्रेम हुँदैन, केवल व्यापार हुन्छ ।