मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार २१:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले बागमती प्रदेश कमिटीमा कार्यविभाजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार २१:३५:oo

एमाले बागमती प्रदेश कमिटीले कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरेको छ। बागमती एमालेले प्रथम अधिवेशनबाट निर्वाचित दुई सय ४७ सदस्यीय नयाँ नेतृत्वको कार्यविभाजन गरेको हो। 

प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले अन्तर पार्टी निर्देशनमार्फत कार्यविभाजन सूची पठाउँदै कार्यान्वयनका लागि निर्देशन दिएका छन्। जसअनुसार अध्यक्ष ढुंगेलले जनसंगठन समन्वय संयन्त्रको संयोजकसहित सबै पार्टी कामको संयोजन गर्नेछन्। 

उपाध्यक्ष दावादोर्जे लामालाई उद्योग वाणिज्य आपूर्ति विभाग प्रमुख, सचिव नवराज सिलवाललाई संगठन विभाग प्रमुख, उपसचिव प्रेमबहादुर महर्जनलाई वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख र उपसचिव भक्तकुमारी लामालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

त्यस्तै, प्रदेश कमिटीमा रहेका बाँकी दुई सय ४२ सदस्यहरूलाई प्रदेश निर्वाचन क्षेत्र, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका इन्चार्ज तथा विभिन्न विभाग र जनसंगठन फाँटको जिम्मेवारी दिइएको छ। 

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियान सफल बनाउन अध्यक्ष ढुंगेलले सबै जिल्ला कमिटीहरूलाई निर्देशनसमेत दिएका छन्। 

एमाले बागमतीले धादिङ, नुवाकोट, दोलखाको चरिकोट, दोलालघाट, खाँडीचौर, धुलिखेल, मन्थलीलगायतका स्थानमा संकल्प यात्रा सभा, अन्तर्क्रियालगायतका कार्यक्रमहरू राखेको छ। ती कार्यक्रमहरूको व्यवस्थापन प्रदेश कमिटी, जिल्ला र स्थानीय कमिटीले मिलेर गर्ने गरी तयारी गरिरहेका छन्।