मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोर्चुगलका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ शुक्रबार हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १३:o३:oo

पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको संसदीय सुनुवाइ शुक्रबार हुने भएको छ।

सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको थियो।

नेपालको सुनुवाइअघि संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। त्यसअघि राजदूत नियुक्तिको औचित्यबारे परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गरिने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए। 

प्रस्तावित न्यायाधीशको सुनुवाइ भने मंसिर २९ गतेपछि मात्रै हुने बताइएको छ।