१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
पोखराविरुद्ध इलामका स्ट्राइकर फोडी क्यामारा बल नियन्त्रण गर्ने प्रयासमा । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : इलामको प्ले अफ सम्भावना कठिन

तेस्रो हारसँगै नयाँ टोली स्पोर्टिङ इलाम एफसीको डेब्युमै उपाधि जित्ने सम्भावना कठिन बन्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४७:oo

नवप्रवेशी स्पोर्टिङ इलाम एफसीले नेपाल सुपर लिगको डेब्युमै उपाधि जित्ने लक्ष्य राखेको थियो । नेपाली फुटबलकै अनुभवी प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा इलामले यसै अनुरूप पनि तयारी गरेको थियो । सहभागीमध्ये राम्रो तयारी गरेको इलामको चालू एनएसएलको चारमध्ये तीन खेल हारेपछि प्ले अफको सम्भावना पातलो बनेको छ । दशरथ रंगशालामा बुधबार पोखरा थन्डर्ससँग १–० ले पराजित भएपछि इलामको प्ले अफको सम्भावना कमजोर बनेको हो । 

प्रशिक्षक केसीका अनुसार इलामको प्ले अफको सम्भावना ३० प्रतिशत मात्र छ । ‘यो हारले प्ले अफ पुग्ने सम्भावना ७० प्रतिशत समाप्त भएको छ,’ प्रशिक्षक केसीले भने । इलाममाथि कठिन जित निकाल्न पोखराका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सञ्जीव विष्टले एक मात्र निर्णायक गोल गरेका थिए । उनले डिबक्सभित्र इलामका डिफेन्डर र गोलरक्षक तथा कप्तान विकेश कुथूबाट अनमार्क रहेको फाइदा लिँदै गोल गरेका हुन् । 

जितसँगै पोखरा लिगको शीर्ष स्थानमा उक्लेको छ । पोखराले चार खेलमा सर्वाधिक ८ अंक जोडेको छ । दोस्रो हारपछि इलाम ३ अंकका साथ सातौँ स्थानमा झरेको छ । ‘हामी लगातार खेलाडीबीच तालमेल अभाव र फिनिसिङमा चुकेको छौँ,’ प्रशिक्षक केसीले भने, ‘प्राप्त मौकामा गोल गरेको भए नतिजा फरक हुने थियो ।’ इलाम उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा इलामले एफसी झापामाथि १–० को जित निकाल्यो । तेस्रो खेलमा इलाम बुटवल–लुम्बिनी एफसीसँग २–१ ले पराजित भयो । 

पोखराले एफसी चितवनलाई १–० ले हराउँदा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा पोखराले झापा एफसीसँग १–१ गोलको बराबरी नतिजा निकाल्यो । पोखराका सहायक प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो हाफमा सुधारिएको प्रदर्शन भएको बताए । ‘पहिलो हाफमा कमजोर प्रदर्शन भएको थियो, तर दोस्रो हाफमा फर्कियौँ,’ केसीले भने । मध्यान्तरपछि मार्की खेलाडी आयुष घलानको प्रवेशले खेल परिवर्तन भएको उनले बताए । ‘आयुष मैदानमा छिरेपछि पोखराको खेल र रणनीति नै फरक भयो,’ उनले भने, ‘उनी हाम्रा मुख्य खेलाडी हुन् ।’ 

 पोखराको ड्रेसिङ अशान्त
पहिलो हाफमा सोचेजस्तो नतिजा नआएपछि पोखराको ड्रेसिङरुमको वातावरण राम्रो बन्न सकेन । विशेषतः विदेशी खेलाडीबीचको आपसी तालमेल नमिल्दा नै ड्रेसिङ रुमको माहोल राम्रो नभएको सहायक प्रशिक्षक तामाङले बताएका छन् । ‘मध्यान्तरमा प्राप्त १५ मिनेटको ब्रेकमा विदेशी खेलाडीलाई शान्त पार्न नै कोसिस गरिरहे,’ उनले भने,‘उनीहरूलाई नियन्त्रण गर्न गाह्रो छ, विदेशी खेलाडी आफू एक्लैले जसरी पनि गोल गर्न सक्ने ओभर कन्फिडेन्सले पनि यस्तो भएको हो ।’ एक प्रशिक्षकका रूपमा खेलाडीलाई सम्झाउने काम गरेको उनको भनाइ छ । 

 खेलपछि तनावग्रस्त बेन्च
उमेश बिडारीले खेल समाप्त भएको संज्ञा दिएपछि दुवै पक्षका खेलाडी मैदान बाहिरिने क्रम सुरु भएको थियो । इलाम र पोखराका विदेशी खेलाडी सुरुदेखि नै एकआपसमा झगडाको मनासयले प्रतिस्पर्धा गरिरहेका थिए । खेल सकेपछि इलाम र पोखराका विदेशी खेलाडी आपसमा भिड्न खोजेका थिए । पोखराका विदेशी खेलाडी झगडा गर्ने प्रयासमा देखिए ।

सुरक्षाकर्मीले पटक–पटक रोक्न खोज्दा पनि पोखराका विदेशी खेलाडी झडपकै ‘मुड’मा देखिन्थे । करिब पाँच मिनेटको प्रयासमा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लियो । ‘विदेशी खेलाडीको रगत नै तातो हुन्छ, कोही जितमा मातेका हुन्छन्, कोही हारले रिसाउने गर्छन्,’ पोखराका सहायक प्रशिक्षक तामाङले भने, ‘आज यस्तै घटना भएको हो, फुटबलमा यस्तो हुनु सामान्य नै हो ।’