१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format ११:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विदेशमा कार्यक्रम विस्तार गर्दै काठमाडौं विश्वविद्यालय

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२५:oo

काभ्रेस्थित नमोबुद्ध बुद्धिस्ट मेडिटेसन शिक्षा केन्द्र र हङकङमा अवस्थित थ्रांगु बज्रयाना बुद्धिस्ट मेडिटेसन केन्द्रबीच बुद्धिस्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउने गरी सम्झौता भएको छ । आइतबार भएको दुईपक्षीय सम्झौताअनुसार आगामी फेब्रुअरीदेखि सो अध्ययन सञ्चालन हुनेछ । 

समझदारीपत्रमा विश्वविद्यालयका ग्लोबल इन्गेजमेन्ट डिभिजनका कायममुकायम निर्देशक डा. उद्धव प्याकुरेल र नमोबुद्धस्थित गुम्बाका प्रतिनिधि खेन्पो चोंंगीले हस्ताक्षर गरेका थिए । प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा भएको सम्झौता (डेफिनिटिस एग्रिमेन्ट)मा स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन र हङकङस्थित थ्रांगु बुद्धिस्ट मेडिटेसन केन्द्रका निर्देशक सेम्पो लामा दावा हिटीले हस्ताक्षर गरेका थिए । 

उपकुलपति प्रा.डा. भोला थापाले सम्झौता कार्यान्वयनबारे गम्भीर हुनुपर्ने बताए । ‘युवा पुस्ताले पुराना पुस्तालाई विश्वास गर्छ कि गर्दैन, अनि हामीले गरेका कर्मले उनीहरूको भविष्यलाई जोड्ला कि नजोड्ला भन्नेमा चिन्तन गर्ने अवस्था आएको छ,’ उनले भने, ‘विश्वविद्यालय शिक्षामा यो प्रकारको शिक्षा कति सान्दर्भिक छ भन्ने कुरा यसको कार्यान्वयन पक्षले देखाउँछ ।’ 

सम्झौतासँगै काठमाडौं विश्वविद्यालयले आफ्ना कार्यक्रम हङकङमा सुरु गर्ने वातावरण तयार भएको काठमाडौं विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यअनुरूप उपकुलपति प्रा.डा. थापाले पदभार ग्रहण गरेका थिए । अब अन्य देशमा पनि शैक्षिक कार्यक्रम लैजाने तयारी भइरहेको छ । गत अगस्टदेखि काठमाडौं विश्वविद्यालयको स्नातक तहको योगिक साइन्स एन्ड वेल विइङको कार्यक्रम भारतको तिरुपतिमा सुरु भइसकेको छ । आगामी फेब्रुअरीबाट अस्ट्रेलियाको सिड्नीमा पनि शैक्षिक कार्यक्रम सुरु गर्ने गरी तयारी भइरहेको छ ।