Skip This
प्रेरक प्रसंग : आत्मविश्वासको परिणाम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २० बुधबार o५:५९:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : आत्मविश्वासको परिणाम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o५:५९:oo

न्युयोर्कमा एडवार्ड ऐनिस नामक एक व्यक्ति बस्थे । उनमा धर्मकर्म र ईश्वरीय अस्तित्वमाथि अत्यन्त विश्वास थियो । तर, आफन्तमाझ भने उनी नै सबैभन्दा निर्धन थिए । गरिबीका बाबजुद उनमा अत्यन्त धेरै आत्मविश्वास थियो । यस गुणका कारण सबैले उनलाई सम्मान गर्थे । निर्धनताकै अवस्थामा उनको जिन्दगीको महत्वपूर्ण हिस्सा बित्यो । एकदिन उनी कुनै स्थान हुँदै कतै गइरहेका थिए ।

त्यत्तिकैमा उनलाई त्यस स्थानमा बहुमूल्य धातु र पर्याप्त सुन भएको आभास भयो । उनले एक ज्योतिषसित पनि यस विषयमा सल्लाह गरे । ज्योतिषले पनि आत्मविश्वासमाथि नै जोड दिए । उनले भने– मेरा हृदय र आत्मा यति निष्कलंक र विकाररहित छन् कि तिनमा भविष्यबारे यस्ता सन्दर्भ ठीक त्यसैगरी देखिन्छन्, जसलाई मैले प्रत्यक्ष देखिरहेको छु । जब मेरो विश्वास दृढ हुन्छ भने त्यसमा सफलताको कुनै सन्देह हुँदैन । 

ऐनिससित धन त थिएन । तैपनि, उनले तमाम आवश्यक साधन एकत्रित गरेर केही मित्रको सहयोगबाट सो जमिन किने । जमिन हात पर्नासाथ उनले त्यहाँ खन्न सुरु गरे । तर, खन्दै जाँदा उनले केही टुक्रा चाँदी मात्र हात पारे । त्यसको केही समयपछि नै उनको मृत्यु भयो । मृत्युअघि उनले आफ्नो एक सन्देशमा भनेका थिए– जुन कुरा आत्मैदेखि निस्किन्छ, त्यो कहिल्यै झुटो हुँदैन । भलै मैले केही भेटिनँ, तर यस स्थानमा सुन अवश्यै भेटिनेछ । 

ऐनिसको मृत्युको १६ वर्षपछि उनकी पत्नी मार्या मारले, जसलाई पतिको आत्मविश्वासमाथि भरोसा थियो, उनले पुनः खन्ने कार्यलाई निरन्तरता दिइन् । ६ सय फिटसम्म खनेपछि त्यहाँ सुन, चाँदी, तामा र जिंकको भण्डार भेटियो । यसबाट मार्यालाई कैयौँ लाख डलरको लाभ भयो । आफ्नो यस सफलतामा मार्याले केवल यति नै टिप्पणी गरिन्– आत्मविश्वास आफैँमा एउटा ज्योतिष हो, यस्ता मानिसले भलै आफ्ना लागि केही गर्न सकेनन् भने पनि अन्यको कल्याण भने अवश्यै गर्नेछन् ।