Skip This
बच्चामा आत्मविश्वास बढाउन... 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १९ मंगलबार १o:४७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चामा आत्मविश्वास बढाउन... 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १o:४७:oo

बच्चालाई आत्मविश्वासी बनाउन अभिभावकले केही कुरामा ख्याल गर्नुपर्ने हुन्छ । जब अभिभावकले अति माया गर्छन्, तब बच्चामा पनि आत्मविश्वास विकास हुन्छ । 

बालबालिकाले के गर्दै छन् भन्नेबारे जानकार हुनु राम्रो हो । तर, उनीहरूलाई अति निगरानीमा राख्नु पनि राम्रो हुँदैन । उमेर बढ्दै गएपछि बिस्तारै उनीहरूलाई केही न केही काममा संलग्न गराउँदै लैजानुपर्छ । सानैदेखि ब्रस गर्ने, हात धुनेलगायत काम आफैँ गर्न उत्प्रेरित गर्नुपर्छ । 

बच्चाले गरेका कामको प्रशंसा गर्न सक्नुपर्छ । बच्चाहरू धेरै जिज्ञासु हुन्छन् । उनीहरूले सोधेका कुराले कहिलेकाहीँ अभिभावकलाई झर्को पनि लाग्न सक्छ । तर, त्यसरी झर्को लागेजस्तो व्यवहार देखाउनुहुँदैन । आवश्यक होस् वा अनावश्यक, बच्चाले राखेका हरेक जिज्ञासाको जवाफ दिने कोसिस गर्नुपर्छ । उनीहरूका कुरा नसुन्नु वा आफ्ना कुरा मात्रै सुनाउन खोज्नु राम्रो होइन । यसले बच्चाको भावना र आत्मविश्वास कम गराउन सक्छ । 

बच्चाको पहिलो शिक्षक नै अभिभावक हुन् । जीवनमा सफलता र असफलता चलिरहन्छ भनेर उनीहरूलाई सानैदेखि बुझाउन जरुरी छ । कुनै कुरा असफल भए पनि त्यसलाई सुधार्न र सम्हाल्न सकिन्छ भनेर बुझाउन जरुरी छ । उनीहरूलाई निरन्तर आफ्नो लक्ष्यमा लाग्नका लागि उत्प्रेरित गर्नुपर्छ ।

बालबालिकाको मनोविज्ञानबारे धेरै पुस्तक लेखिसकेका मनोविद् कार्ल पिकहार्डट् भन्छन्, ‘आत्मविश्वासी बच्चाहरू नयाँ प्रयोग गर्न वा चुनौती स्विकार्न चाहन्छन्, । तसर्थ उनीहरूलाई आत्मविश्वासी बनाउन अभिभावकले भूमिका खेल्नुपर्छ ।’