Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १९ मंगलबार o७:१o:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार o७:१o:oo

रास्वपा अहिले विदेश यात्रामा होमिएको छ । खासमा तपाईंहरूको प्रवास रणनीति के हो ? 
हाम्रो पार्टीको विधानमै प्रवास नेपाली सम्पर्क विभाग रहने व्यवस्था छ । यसको नेतृत्व मैले नै गरिरहेको छु । विविध कारणले बिदेसिनुभएका नेपालीसँग सम्पर्क/समन्वय गरेर उहाँहरूको ज्ञान, सिप र पुँजी स्वदेश भित्र्याउनेबारे हामीले बहस चलाइरहेका छौँ । गएको निर्वाचनमा प्रवासी नेपालीको ठुलो सहयोग प्राप्त भएका कारण पार्टी सभापतिसहितका नेता उहाँहरूलाई धन्यवाद दिन र संगठन विस्तार गर्न विदेश यात्रामा हुनुहुन्छ । 

तपाईंहरूको ‘मिसन ०८४’ अभियानलाई सफल बनाउन प्रवासका मतदाताको भूमिका कस्तो हुन सक्छ ?
हामीले हाम्रो वाचापत्रमै प्रवासमा रहेका नेपालीको मताधिकारको विषय उठाएका छौँ । पार्टी स्थापनादेखि नै विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ भन्ने मुद्दा उठाउँदै आएका छौँ । अहिले निर्वाचन आयोगले पनि त्यसैअनुसार ‘डकुमेन्टेसन’ अगाडि बढाइरहेको छ । उहाँहरूको मताधिकार सुरक्षित भएपछि मिसन ८४ सफल बनाउन अहम् भूमिका हुने नै भयो । 

रास्वपाले बिदेसिएका नेपालीलाई स्वदेश फर्काउने घोषणा गरेको थियो । त्यो अभियान कहाँ पुग्यो ?
अभियान जारी छ । हामीले नेपालमा रोजगारी दिन चाहने १० कम्पनीसँगको सहकार्यमा बिदेसिएका नेपालीका लागि ‘भ्याकेन्सी’ नै खुलाएका थियौँ । त्यसअनुसार आएका निवेदनलाई ‘सर्टलिस्टिङ’ गर्ने काम भइरहेको छ । सभापतिको विदेश भ्रमण सकिनासाथ कति फर्किए र रोजगारीसँग जोडिए, त्यसको विवरण सार्वजनिक हुनेछ । रास्वपाले विदेशमा रहेका नेपालीलाई स्वदेशमै काम गर्ने माहोल सिर्जना गर्न समन्वय गरिरहेको छ ।