Skip This
व्यावसायिक प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्दै श्रम मन्त्रालय
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यावसायिक प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्दै श्रम मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o५:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति सञ्चालन गर्ने भएको छ । नेपालको अदक्ष जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमसचिवको अध्यक्षतमा १२ सदस्यीय सञ्चालक समिति रहने गरी प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने निर्णय गरेका छन् । यो निर्णयसँगै भैँसेपाटी, इटहरी र बुटवलमा रहेको व्यावसायिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएको छ ।

समितिमा अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, संयुक्त टे«ड युनियन समन्वय केन्द्रका प्रतिनिधि रहनेछन् । कार्यकारी निर्देशक सदस्यसचिव रहनेछ ।

समितिले प्रतिस्पर्धा गरी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गर्नेछ । श्रममन्त्री शरतसिंह भण्डारीले अदक्ष र अर्धदक्ष जनशक्तिलाई सीपयुक्त बनाउने संयन्त्र बनेको बताए । ‘हाम्रो बजार र अन्तर्राष्ट्रिय बजारको सीपयुक्त जनशक्तिको माग छ । दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशीलता जनशक्ति उत्पादन नहुँदा नेपाली जनशक्तिले उचित ज्याला र सुरक्षा पाइरहेको छैन,’ उनले भने ।