१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:३९:oo

कांग्रेस महासमिति बैठकको एजेन्डा कस्तो बन्नुपर्छ ?
आसन्न महासमिति बैठकमार्फत सैद्धान्तिक, वैचारिक र सांगठनिक सबै दृष्टिले जनता र कार्यकर्तामा आशाको सन्देश प्रवाह गर्ने ठोस दस्ताबेज आउनुपर्छ । सैद्धान्तिक, वैचारिक र सांगठनिक सबै दृष्टिले कांग्रेसलाई दिशानिर्देश गर्नुपर्ने घडी भएकाले दस्ताबेज तयार गर्ने जिम्मेवारी पाउनुभएका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गम्भीर गृहकार्य गरेर ठोस दस्ताबेज पेस गर्न सक्नुपर्छ । अहिले एकातिर कांग्रेसको विचार, सिद्धान्त र भविष्यमाथि प्रश्न उठिरहेको छ भने अर्कातिर नयाँ पार्टी, प्रवृत्ति र पात्रहरू उदय भएको परिदृश्यमा जनताको मन जित्ने भिजनसहितको थप उदार, लोकतान्त्रिक, प्रगतिशील, जनमुखी र रूपान्तरणकारी नीति तथा कार्यक्रम आवश्यक छ । यस्तो नीति तथा कार्यक्रम आयो भने मात्र कांग्रेसले नयाँ जीवन पाउन सक्छ । 

महाधिवेशनको क्यालेन्डर प्रस्ताव गर्ने महामन्त्रीद्वयको प्रयास कस्तो छ ?
परम्परागत कांग्रेसलाई सुधार र रुपान्तरण गर्ने संकल्पसाथ विगत महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएकाले गत साउनको केन्द्रीय समिति बैठकबाट वार्षिक सांगठनिक क्यालेन्डर पारित भएर अहिले कार्यान्वयनको चरणमा छ । आसन्न महासमिति बैठकमार्फत १५औँ महाधिवेशनको बाँकी अवधिका लागि संगठनसम्बन्धी कार्यतालिकासहितको क्यालेन्डर तय गर्नु सकारात्मक हो । 

महासमितिका लागि अहिलेसम्मको तयारी कस्तो देखिन्छ ?
पार्टी–संगठन परिचालनका दृष्टिले त्यसले कांग्रेसलाई नयाँ जीवन दिनेछ । कार्यतालिकासहितको क्यालेन्डर तय गरी पार्टी–संगठन परिचालन गर्ने हालसम्म अभ्यास थिएन । गगनजी र विश्वजी महामन्त्री भएपछि यो अभ्यास प्रारम्भ भएको छ । मृतप्रायः कांग्रेसको संगठन प्रणालीलाई यसले क्रियाशील र गतिशील बनाएको छ ।

ad
ad